कुकुर र बिरोलोको मासु प्रतिबन्धित



ताइपेइ, (एजेन्सी)
जनावरलाई माया गर्नेहरूका लागि एउटा खुसीको खबर छ। ताइवान एसियाको पहिलो त्यस्तो देश बनेको छ जसले कुकुर र बिरालोको मासुमाथि पूर्णप्रतिबन्ध लगाएको छ। त्यहाँको सरकारले यदि कसैले उनीहरूको मासु बेच्दै वा खाँदै गर्दा पक्राउ परेमा उसलाई १५ सय डलरदेखि २ लाख डलर जरिवाना हुने नियम ल्याएको छ।

नागरिकको जनावरप्रतिको मानसिकतामा परिवर्तन ल्याउन उक्त फैसला लिएको जनाइएको छ। ताइवानमा एक ठूलो समूह कुकुर बिरालो पाल्न सक्रिय छन्। यस्तोमा मासु बेच्नेहरूले चोरीबाटोबाट आफ्नो फाइदाका लागि उनीहरूलाई मार्ने गरेका छन्। पछिल्लो निर्णयले ती चोरी गर्नेहरूमाथि रोक लगाइदिएको छ।

कुकुर र बिरालोको मासु बिक्रीमाथि रोक लगाउने प्रतिबद्धता राष्ट्रपति साइ इङ वेनले चुनाव ताका नै गरेकी थिइन्। उनी आफैंसँग १ बिरालो र ३ कुकुर राखेकी छिन्। उनी पाल्तु जनावरप्रेमी हुन्।

ताइवानबाहेक एसियाका केही देशहरूमा कुकुर र बिरोलोको मासु ठूलो परिमाणमा बिक्री हुने गरेको छ। चीनमा कुकुरको मासु खान उत्सव नै मनाउने गर्छ। एक आंकडामा प्रत्येक वर्ष उक्त पर्वमा १० हजारभन्दा धेरै कुकुर मारिने गरेको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्