फुटबलर राजु सम्मानित



काठमाडौं, (नेस)
फ्रेन्ड्स क्लब कुपण्डोलद्वारा आयोजित नयाँवर्ष २०७४ को उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रममा फुटबल वर्ष खेलाडी २०७३ राजु तामाङलाई सम्मान गरियो।

शनिबार सम्पन्न कार्यक्रममा शहरी विकासमन्त्री अर्जुननरसिंह केसीले राजुलाई क्लबबाट प्रदान गरिएको नगद १० हजार र सम्मानपत्र प्रदान गर्नुभयो। क्लबका पूर्वखेलाडी राजुले सम्मानबाट अति गौरवान्वित भएको बताए।

प्रतिक्रिया दिनुहोस्