मार्शल सेल्फ डिफेन्स सङ्घको अन्तराष्ट्रिय सम्मेलन सोलुखुम्बुमा



बुद्धवीर बाहिङ, सोलुखुम्बु ।

मार्शल सेल्फ डिफेन्स सङ्घको अन्तर्राष्ट्रिय सम्मेलन सोलुखुम्बुको पत्तालेमा सम्पन्न भएको छ । नेपाल मार्शल सेल्फ डिफेन्स सङ्घको आयोजनामा भएको सम्मेलनमा यूरोपको पोर्चुगलबाट १७ जना, भारतबाट दुई जना र नेपालका करिब एक सय भन्दा बढीको उपस्थिती रहेको नेपाल मार्शल सेल्फ डिफेन्सका अध्यक्ष डि.बी. रानापालले बताए ।

बङ्गलादेस, भुटानका प्रतिनिधि आउने जानकारी आएको भएपनि प्राविधकि कारणले नआएको आयोजकले जनाएको छ । मार्शल आर्टसका ११ विधा समेटिएको यो सम्मेलन दुर्गम जिल्लामा पहिलो पटक गरिएको हो । उक्त सम्मेलनमा पोर्चुगलमा रहेको मुख्य कार्यालयका प्रमुख मार्सल सेल्फ डिफेन्सका ग्रान्ड मास्टर सोके मिग्युलको उपस्थितीमा आत्म रक्षाका लागि प्रशिक्षण समेत दिइएको थियो ।

सबैलाई आत्म रक्षाको आवश्यकता भएकाले यसको विस्तार गर्न सम्मेलनको आयोजना गरिएको नेपाल मार्शल सेल्फ डिफेन्सको नेपालका खेल प्रशिक्षक वाङजु तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्