आगलागीबाट रु १५ लाखको क्षति



राजविराज, २ वैशाख । सत्तरीको पोर्ता गाविस–६मा गए राति आगलागी हुँदा करिब रु १५ लाखको क्षति भएको छ ।

स्थानीयवासी सतयदेव पघैया यादवको गहुँ दाइ गर्ने क्रममा थ्रेसरबाट सल्केको आगोले निजको चार कोठे पक्की घरसहित अन्य चार घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगद क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयवासी, प्रहरी र राजविराजबाट आएको वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको थिए । रासस

प्रतिक्रिया दिनुहोस्