शान्तिका लागि प्रधानमन्त्री हुनसेनको आग्रह



नोम्पेन्ह, (एजेन्सी)
कम्बोडियाका प्रधानमन्त्री हुनसेनले आफ्नो प्रमुख प्राथमिकताभित्र परेको मुलुकको शान्ति स्थापना कार्यमा सहयोग गर्न सबैसँग शुक्रबार आग्रह गरेका छन्। उनले शान्ति स्थापनापछि मात्र देशको विकासले गति दिने भन्दै यसका लागि सबैको सहयोगको अपेक्षा गरेको बताएका छन्।

उनले आफूले देशमा शान्ति स्थापनाको अभियान थालेको भन्दै यस अभियानलाई साकार बनाउने कार्यमा सहयोग पुर्याउन सबै नागरिकसँग आग्रह गरेको बताइएको छ।

कम्बोडियामा नयाँ वर्षको एक विशेष कार्यक्रमलाई देशको उत्तरपश्चिी क्षेत्रीय प्रान्त आंकोरमा शुक्रबार सम्बोधन गर्ने क्रममा उनले सो धारणा राखेका हुन्।

सो क्षेत्रमा शनिबार बिहान हजारौँ संख्यामा नागरिक उपस्थित भएका थिए। सो उपस्थिति सन् १९९८ भन्दा यता पहिलोपटक भएको हो।

कम्बोडियामा आगामी जुन महिनामा कम्युनको निर्वाचन हुन लागेको छ। त्यसै गरी अर्काे वर्षको जुलाइ महिनामा देशमा आमनिर्वाचनको प्रक्रियाको पनि शुरुआत भइसकेकाले देशमा शान्तिपूर्ण राजनीतिक अवस्थाको खाँचो रहेको उनको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्