सेञ्चुरी बैंकले बोनस र हकप्रद दिने



काठमाडौं, (नेस)
सेञ्चुरी कमर्सियल बैंकको छैठौ वार्षिक साधारणसभा बिहीबार बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ।

साधारणसभाले शेयरधनीलाई नाफाबाट १० प्रतिशत बराबरको बोनस शेयर र दुई संस्था प्राप्तिपश्चातको पुँजीमा ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। साधारणसभाले सेञ्चुरी कमर्सियल बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्नलाई स्वीकृतिसमेत प्रदान गरेको छ।

यसैगरी सेञ्चुरी बैंकले ४ अर्ब ७ करोड पुँजी र चार संस्था प्राप्तिबाट करिब २ अर्ब पुँजी थप हुनेछ भने नपुग पुँजी ४० प्रतिशत हकप्रद शेयर र चालू आवको मुनाफाबाट ८ अर्ब रुपियाँ पुँजी पुग्ने जनाएको छ। सबै संस्था समाहित भएपश्चात बैंकको कुल शाखा कार्यालय करिब ९० वटा हुने छन्।

प्रतिक्रिया दिनुहोस्