एभरेस्ट पानोराको ‘आहा दामन’



नेपाल समाचारपत्र
काठमाडौं
मकवानपुरको दामनमास्थित एभरेस्ट पानोरोमा रिसोर्टले नयाँ वर्षको अवसरमा ‘आहा दामन’ अफर ल्याएको छ। रिसोर्टले वैशाख महिनाभरका लागि २ हजार ७४ रुपियाँमा एक दिनको प्याकेज ल्याएको हो।

२०६८ सालदेखियस किसिमको प्याकेज सञ्चालन गर्दै आएको रिसोर्टका प्रबन्ध निर्देशक सुदेश गौतम क्षेत्रीले बताउनुयो। उहाँले भन्नुभयो–‘२०६८ सालमा हामीले २ हजार ६८ रुपियाँकै प्याकेज ल्याएका थियौं। प्रत्येक वर्ष सय रुपियाँ थप गर्दै प्याकेज अफर ल्याउँदै आएका छौं।’ उनका अनुसार यो प्याकेजभित्र एउटा कोठासहित डिनर, ब्रेकफास्ट, लन्चका साथै अन्य सुविधा रहेको छ।

‘विगतमा ९० प्रतिशत पर्यटक विदेशी हुन्थे भने हाल १० प्रतिशत विदेशी र ९० प्रतिशत आन्तरिक पर्यटकले हुुने गरेका छन्।’ क्षेत्रीले भन्नुभयो। नेपालीहरूमा घुमफिर गर्ने बानीको विकास भएको हुँदा केही वर्षयता दामनमा आन्तरिक पर्यटकको आगमन बढेको क्षेत्रीले बताउनुभयो।

२५ वर्षदेखि सेवा दिँदै आएको एभरेस्ट पानारोमा रिसोर्टले काठमाडौंमा इजी ट्रिप ट्राभल कम्पनीसमेत सञ्चालन गरिरहेको छ। वैशाखमा इजीमार्फत् विदेश घुम्न जानेलाई पानोरोमा एक दिन सित्तैमा बस्ने अफरसमेत रहेको क्षेत्रीले जानकारी दिनुभयो।

रिसोर्टबाट सगरमाथासँगै अन्नपूर्ण, मनास्लु, गणेश हिमाल, लाङटाङ, दोर्जेलाक्पा, गौरीशंकर, चोलगायतका हिमशिखर को ३६० डिग्री मनमोहक दृश्य देखिन्छ। हाइकिङ र माउन्टेन बाइकिङ पनि गर्न सकिने दामनबाट सूर्योदय र सूर्यास्तको दृश्य देखिन्छ भने हिन्दू धर्मालम्बीका लागि ऋषिकेश महादेवस्थान तथा बुद्ध धर्मालम्बीका लागि गुम्बा पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस्