वाईवाई ग्लोकल टिन हिरोको तेस्रो संस्करण हुँदै



काठमाडौं, (नेस)

वाईवाई ग्लोकल टिन हिरोको कार्यक्रम गरिने भएको छ। यस कार्यक्रमका माध्यमबाट किशोर–किशोरीमा भएको क्षमतालाई प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने भएको हो।

यस मञ्चमार्फत् किशोर–किशोरीहरूमा भएको उत्साह, रचनात्मक र शुरुआतको चाहनाको पहिचान गरी अन्य किशोर–किशोरीमा उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कार्यक्रमको आयोजना गर्न लागेको हो।

समर्पित र रचनात्मक किशोर– किशोरीको पहिचान गरी शुरुआतको लागि हौसला प्रदान गर्ने देशको पहिलो कार्यक्रमको यो तेस्रो वर्ष हो।

नवलपरासीकी विपना शर्मा, बाल (अधिकार कार्यकर्ता र सन्तोष लामिछाने, युवा वैज्ञानिक सोही कार्यक्रममा प्रथम भई पुरस्कृत भएका थिए।

यस वर्ष देशको विभिन्न ठाउँबाट किशोर– किशोरीलाई यस कार्यक्रममा सहभागी गराउन काठमाडौंलगायत धनगढी, महेन्द्रनगर, नेपालगन्ज, तुल्सीपुर, बाग्लुङ, बुटवल, भैरहवा, जनकपुर, झापा, विराटनगर, लाहान, बनेपा, पोखरामा ग्लोकल प्रालिका प्रतिनिधि र कार्यक्रमका सदस्य जाने भएका छन्।

यस वर्ष यस कार्यक्रमको मुख्य उद्धेश्य देशभरका किशोर–किशोरीलाई सहभागी बनाई आफ्नो पहिचान देशभर कायम गर्न मञ्च प्रदान गर्ने रहेको छ।
शुरुआत र आफ्नो कामको प्रभावको आधारमा उत्कृष्ट ६ जना मध्य अन्तर्वार्ताद्वारा विजेता घोषणा गरिने छ। ग्लोकल टिन हिरोको पुरस्कार समारोह १ सेप्टेम्बरमा राजनीतिज्ञ, फिल्म कलाकार, उद्यमशील व्यक्ति गरी नेपालका २५०ं प्रख्यात व्यक्तित्वको उपस्थितिमा हुन लागेको हो। यस ग्लोकल टिन हिरोको आवेदन १४ अप्रिलबाट खुल्ने छ।

नेपालमा किशोर–किशोरीको लागि पहिलोपटक अन्तर्राष्ट्रिय सम्मेलन आयोजन हुन लागेको हो। राष्ट्रिय विकासको बाधा र प्रमाणित मुद्दालाई बुझ्न किशोर–किशोरीको लागि यो एक मौकाको रुपमा आयोजना गर्न लागेको हो। अफगानिस्तान, बंगलादेश, इन्डोनेसिया, लाइबेरिया लगायतका देशबाट आएका किशोर–किशोरीको विचार, अनुभव प्यानल छलफल मर्फत प्रदर्शन गरिने छ।

विभिन्न देशका सहभागीसँग अन्तक्र्रियाद्वारा ज्ञान र अनुभव सिक्ने छन्। वाई वाई प्रिजेन्टस् ग्लोकल अन्तर्राष्ट्रिय टिन सम्मेलनपछि वाई वाई ग्लोकल टिन हिरोको विजेता घोषणा गरिने छ।

प्रतिक्रिया दिनुहोस्