पत्रकार उपचार कोषका लागि १ लाख २ हजार



नेपाल समाचारपत्र, बिर्तामोड ।
नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका समाजसेवी हर्कलाल गिरी र सञ्चार उद्यमी कुमार भट्टराईले ५१÷५१ हजार रुपैया प्रदान गरेका छन् । महासंघका अध्यक्ष तारामणि सापकोटा र महासंघका उपाध्यक्ष तथा पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई शुक्रबार बिर्तामोडमा गिरी र भट्टराईले ५१÷५१ हजार रुपैया प्रदान गरेका हुन् ।

दुर्घटना तथा बिरामी परेको बेला पत्रकारको उपचारमा सहयोग पुर्याउन कोषमा रकम हस्तान्तरण गरेको बताउदै गिरी र भट्टराईले यो अभियानमा सहयोग पुर्याइदिन अरुलाई पनि आग्रह गरे । हर्कलाल गिरी तत्कालिन अनारमानी गाविसका निर्वाचित पूर्व अध्यक्षसमेत हुन् । विभिन्न सामाजिक संस्थामार्फत गिरी समाजसेवामा क्रियाशील छन् ।

कुमार भट्टराई ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल बानका केन्द्रीय उपाध्यक्ष तथा रेडियो सनराइज बिर्तामोडका अध्यक्ष हुन् । उनी बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्