विराटनगर किंग्सले फेरि जित्यो



काठमाडौं, (नेस)
विराटनगर किंग्सले धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगमा पुनः जित आत्मसात गरेको छ।

विराटनगर किंग्सले पहिलो खेलमा पारख खड्काको टोली टिम चौराहालाई हराएर सानदार शुरुआत गरेको थियो। तर दोस्रो खेलमा काठमाडौं गोल्डेन्ससँग अप्रत्यासित हार्न पुगेको थियो। तर बिहीबार भएको खेलमा भने सीवाईसी अत्तरियालाई ८ विकेटले हराएर विराटनगर किंग्स प्रतियोगितामा चार अंकसहित तेस्रो स्थानमा उक्ल्यिो। अत्तरियाको भने तीन खेलमा यो दोस्रो हार थियो।
एसएसपी क्तिकेट मैदान अत्तरियाले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा अलआउट हुँदै मात्र ९२ रन बनाएको थियो। टोलीका लागि मेहबुब आलमले २७ रन बनाउनु नै व्यक्तिगत उच्चतम रन थियो। कप्तान ज्ञानेन्द्र मल्ल १४ रनमा आउट भएका थिए। त्यस्तै ज्ञानेन्ı कुँवरले १० रन जोडे।

सन्दीप लामिछानेको घातक बलिङमा अत्तरियाका बाँकी खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। सन्दीपले ४ ओभरमा २ मेडन राख्दै मात्र ७ रन खर्चेर ३ विकेट लिएका थिए। यस्तै जितेन्ı मुखियाले पनि २ विकेट लिए।

जवाफमा ९३ रनको सामान्य लक्ष्य विराटनगरले ११ दशमलव ५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो। खराब शुरुआत भए पनि आसिफ शेख र दीपेन्ı सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै विराटनगरलाई सहज जित दिलाए। विराटनगरले ओपनरद्वय अमित श्रेष्ठ र आकाश थापालाई समान १–१ रनमा गुमाएको थियो। तर आसिफ र दीपेन्ıले तेस्रो विकेटका लागि ६७ रनको अटुट साझेदारी गरेका थिए। आरिफले ३७ बलमा ५ चौका र २ छक्काको मद्दतमा ४६ रन तथा दीपेन्ıले १७ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन जोडे।

प्रतिक्रिया दिनुहोस्