सफलतादेखि विवादसम्म



नेपाल र केन्याबीचको खेलको दृश्य। तस्वीरः उजोल डंगोल

फिरोज राजोपाध्याय
२०७२ सालको भूकम्पले गर्दा नेपाली खेलकुद तहसनहस भएको थियो। यद्यपि सोही वर्ष नेपाली फुटबलका लागि स्वर्णिम वर्ष बनेको थियो। बंगबन्धु गोल्डकप उपाधि र १२औं साग पुरुष फुटबलमा स्वर्ण जितेर नेपाली फुटबलको सान बनेको थियो। गतवर्ष केलाउँदा नेपाली फुटबलमा अर्को ठूलो उपाधि हासिल भयो। मलेसियामा भएको एएफसी सोलिडारिटी कप जितेर नेपाली फुटबलले उपाधिमाथि ह्याट्रिकसमेत गर्यो। विदेशी भूमिमा यति ठूलो उपाधि जितेको सायद नेपाली फुटबल इतिहासमा पहिलोपटकसमेत थियो।

तर यो सफलता वर्षको अन्त्यसम्म निरन्तरता भने कायम भएन। एसियन कप फुटबल छनोटमा नेपाल फिलिपिन्ससँग नराम्रोसँग पराजित भएको थियो। एसियन कप छनोटअन्तर्गत नेपालले फिलिपिन्ससँग पहिलो लेग खेल मनिलामा खेलेको थियो, जसमा नेपाल ४–१ गोलअन्तरले हारेको थियो। नेपालका तर्फबाट विशाल राईले गोल गरेका थिए। जबकि नेपालले यसअघि खेलेको लाओसविरुद्धको अन्तर्राष्ट्रिय मैत्री खेलमा उनकै मैदानमा १–१ बराबरी खेलेको थियो।

गतवर्ष थ्री स्टार क्लबले पनि नेपाली फुटबलमा नयाँ उचाइ थपेको थियो। मंगोलियामा भएको एएफसी कप २०१७ छनोटमा समूह विजेता बनेर प्लेअफ छनोट चरण पार गर्यो। तर एन्फाको लापरबाही यति भयो कि थ्री स्टारले दोस्रो चरणको खेल खेल्न पाएन, जुन नेपाली फुटबलका लागि कालो दाग सावित भयो। यस घटनापछि थ्री स्टार क्लबले एन्फामाथि सीधै ६ करोड रुपियाँको क्षतिपूर्ति माग गर्यो। एन्फा भने १ करोड दिएर विवादलाई सामसुम गर्ने दाउमा छ। तर ललितपुरे क्लबले यसमा सहमति जनाएको छैन र घरेलु प्रतियोगिता कुनैमा पनि सहभागिता जनाइरहेको पनि छैन।

थ्री स्टारले भारतको गुवाहाटीमा भएको ६४औं संस्करणको बोर्डोलाई ट्रफी जितेर नेपाली फुटबलको प्रतिष्ठा राख्यो। फाइनलमा नेपाली क्लबले भारतको नाम चलेको इस्ट बंगाल क्लबलाई हराएको थियो। नेपाली क्लबको अर्को चर्चित टोली मनाङमस्र्याङ्दी क्लबले भने बंगलादेशमा भएको शेख कमाल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनलसम्म मात्र यात्रा गर्यो।
मनाङमस्र्याङ्दीले मोफसलमा तीन उपाधि हात पारेको थियो। झापामा भएको झापा गोल्डकप, धनगढीमा भएको सुदूरपश्चिम खप्तड गोल्डकप र पोखरामा भएको आहा–रारा गोल्डकप मनाङले जितेको थियो। यस्तै संकटा क्लबले पनि मोफसलमा तीन उपाधि जित्यो। संकटाले चितवनमा भएको विकास रनिङशिल्ड, बारामा भएको सिमरा गोल्डकप र बुटवलमा भएको तिलोत्तमा गोल्डकप जितेको थियो। त्रिभुवन आर्मीले हेटौंडा गोल्डकप र नेपाल पुलिसले बुढासुब्बा गोल्डकप जितेर आफ्नो प्रतिष्ठा जोगाएका थिए।

क्तिकेटमा भने नेपालले सफलता हासिल गरेको थियो। आईसीसी विश्व क्तिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले चार खेल आफ्नै घरेलु मैदानमा खेल्यो। कीर्तिपुरस्थित त्रिवि मैदानमा वैशाखमा भएको नामिबियाविरुद्धको दुवै खेलमा नेपाल विजयी भयो। त्यस्तै फागुनको अन्त्यमा केन्याविरुद्धको भएको खेलमा भने एकमा जित र एकमा हार बेहोरेको थियो। नेपाल विश्वकप छनोट चरणमा सहभागी हुन संघर्षरत छ।

तर क्तिकेटको विवाद साम्य भने भएको छैन। वैशाखमा आईसीसीले नेपाललाई निलम्बन गरेको थियो। वर्षको अन्त्यसम्म यसको समाधान हुन्छ भन्ने पनि भएन। यसको बाबजुद नेपाललाई आईसीसीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न छुट दिएको छ। यसले पनि नेपालको क्तिकेटले खेल्न पाइरहेको हो। चैतमा नेपालले बंगलादेशमा इमर्जिङ नेसन्स कपमा भाग लियो जसमा नेपाल फेल भएको थियो। नेपालले समूह चरणमा तीन खेल खेलेकोमा हङकङविरुद्ध ७ विकेटले जित्नु नै एक मात्र सफलता थियो। जबकि नेपाल बंगलादेश र पाकिस्तानसँग सहजै पराजित भएको थियो।

महिला क्तिकेटको कुरा गर्ने हो भने हङकङमा भएको आईसीसी महिला विश्वकप छनोट एसियामा उपविजेता बनेको थियो। उपविजेता बनेकाले विश्वकप छनोट चरणमा त पुगेन तर नेपालले एसिया कप खेल्न पाएको थियो। नेपाल सो प्रतियोगितामा सबैभन्दा कमजोर सावित भएको थियो।

गतवर्ष पटकपटक मिति सारिएको सातौं राष्ट्रिय खेलकुदको अन्ततः आयोजना भएरै छाड्यो। तर यो प्रतियोगिता गर्नुपर्छ, बस गरियो मात्रै। प्रतियोगिताको आयोजना एकदम फिक्का रह्यो। खेलाडी, प्रशिक्षक र पदाधिकारीको मन पनि जित्न सकेनन्। केबल झारा टार्ने हिसाबले प्रतियोगिता गरेर पैसाको खोलो बगाएको भनेर आयोजकमाथि आरोपसमेत लागेको थियो। न खेलस्थल राम्रो, न खेलाडीको बसोबासको ठेगान केही पनि व्यवस्थित थिएन पूर्वाञ्चलमा। केही खेलाडीले त जुत्तै नलगाई दौडेका पनि थिए।
राष्ट्रिय खेलकुदमा सधैंझैं यसपटक पनि विभागीय टोलीकै दबदबा रह्यो। नेपाली सेनाका खेलाडीहरूले १ सयभन्दा बढी स्वर्ण जितेका थिए। पदक तालिकामा नेपाली सेना नै अग्रस्थानमा रह्यो।

यस्तै गत वर्ष नेपाली खेलकुदमा विवादले झइमिएको थियो। नेपाल क्तिकेट संघ (क्यान) लाई आईसीसीले निलम्बन गरेलगतै अखिल नेपाल फुटबल संघ (एन्फा) मा पनि भाँडभैलो मच्चिएको थियो। झन्डै एन्फाको गति पनि क्यानकोझै हुने अवस्था थियो। तर समयमै सबै सम्हालिएर कात्तिकमा चुनाव गराएर एन्फा निलम्बित हुनबाट बचियो। चुनावमा नरेन्द्र श्रेष्ठ अध्यक्षमा चुनिए।

एन्फाको समस्या समाधान भएको केही महिनापछि नै अर्को विवाद निस्क्यो नेपाली खेलकुदमा। नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद फेरि चर्कियो। रुक्म शमशेरको अध्यक्ष भएको एनओसीले सातदोबाटोस्थित एनओसी भवनमा ताला लगाइदियो। फेरि ताला खोलियो, फेरि लगायो। यो क्तम मुसो बिरालोको खेलजस्तै अहिलेसम्म पनि चलिरहेको छ।

रुक्म शमशेरको एनओसी भन्छ, सर्वोच्च अदालतले आफ्नै कमिटी वैधानिक भएको निर्णय गरिसकेपछि आफूहरूले एनओसी चलाउन पाउनुपर्छ। उता यो विवादपछि जीवनराम श्रेष्ठको नेतृत्वको एनओसीले तीनपटक पत्रकार सम्मेलन गरिसकेको छ। तीनैपटक श्रेष्ठले एउटै कुरो दोहोर्याएका छन् कि आफ्नै एनओसी नै वैधानिक छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले श्रेष्ठ नेतृत्व एनओसीसँग सहकार्य गरेकाले पनि यसको समाधान गर्न सरकारले पनि साथ दिनुपर्ने श्रेष्ठले बताएका थिए। श्रेष्ठलाई साथ दिने कि सर्वोच्च अदालतको निर्णयलाई स्वीकार्ने दुई विकल्पमध्ये एकलाई सरकारले छान्नुपर्ने हुन्छ। यदि श्रेष्ठको साथ दिएमा कानुनको अपहेलना हुन्छ भने कानुनसँग गएमा एनओसी पनि निलम्बन हुने सम्भावनामा छ।

रियोमा नेपालको प्रदर्शन
ब्राजिलमा भएको रियो ओलम्पिक २०१६ मा नेपालले पहिलेझैं सहभागिता जनाउनेमा मात्रै सीमित भएको छ। उपलब्धि केही भएन। नेपालका तर्फबाट पौडीकी गौरिका सिंह सो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडी भएर विश्वमा चर्चित बनिन्। रियो ओलम्पिकमा करिब ११ हजारभन्दा बढी खेलाडीमध्ये गौरिका १३ वर्षकी कान्छी खेलाडी हुन्। नेपालमा राष्ट्रिय कीर्तिमानको ओइरो लगाएकी गौरिका हिट चरणमा सहभागी तीन खेलाडीमा पहिलो भएकी थिइन्।

त्यस्तै तेक्वान्दोमा निशा रावलले सानदार खेल पस्केकी थिइन्। चीनकी सुयीन झीङ र प्रान्सकी गोल्डिज इपान्गुईसँग उनले कडा प्रतिस्पर्धा गरेर प्रशंसा बटुल्न सफल भइन्। यस्तै जुडो खेलाडी फुपुल्हामु खत्रीले रिङमा चार मिनेट टिकेर आफ्नो क्षमता प्रस्तुत गरिन्। अन्य सहभागी खेलाडीमा पौडीका शिरीष गुरुङ, आर्चरीका जित मोक्तान, एथ्लेटिक्सका हरि रिमाल र सरस्वती भट्टराई रहेका थिए।

प्रतिक्रिया दिनुहोस्