एमालेले नगर वडाध्यक्ष छनोट थाल्यो



नेपाल समाचारपत्र
लमजुङ
लमजुङमा नेकपा एमाले स्थानीय तहको निर्वाचनका लागि नगरमा उम्मेदवार छनोट कार्य शुरू गरेको छ। सदरमुकामस्थित बेंसीशहर नगर संगठन कमिटीले वडा नम्बर २ मा एमालेको तर्फबाट युवा व्यवसायी गोविन्द खड्कालाई वडा अध्यक्षमा उठाउने निर्णय गरेको छ।

नगर संगठन कमिटी वडा नम्बर २ को भेलाले खड्कालाई वडा अध्यक्षमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको एमालेका कार्यालय सचिव सिंहबहादुर थापाले बताउनुभयो। उहाँका अनुसार सोही भेलाद्वारा सो वडाको वडा सदस्यमा यमबहादुर आले, भूपू क्याप्टेन विष्णुबहादुर कँडेल, महिला सदस्यमा मनमाया गुरुङ र दलित महिला सदस्यमा विमला विकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।‘सुखी नेपाली समृद्ध नेपाल, एमालेको अभियान, संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन सूर्य चिन्हमा मतदान’ नाराका साथ एमालेको भेला आयोजना गरिएको थियो।

उत्तः भेलाले शिवेन्द्र कँडेल संयोजकत्वमा क्याप्टेन विष्णुबहादुर कँडेल सह–संयोजक र यमबहादुर आले सचिव रहेको २४ सदस्सीय नेकपा एमाले बेंसीशहर नगरपालिका–२ को वडा संगठन कमिटी चयन गरेको छ।
भेलामा नेकपा एमालेका जिल्ला उपाध्यक्ष गुमानसिं अर्याल, सचिव कृष्णप्रसाद अधिकारी, बेंसीशहर नगर संगठन कमिटीका संयोजक सुभाष पौडेल, सह–संयोजक लक्ष्मी अधिकारी, सचिवालय सदस्य राजेन्द्र बोहरा, जिल्ला लेखा कमिटीका अध्यक्ष सोमराज घिमिरे, युवा संघका केन्द्रीय सदस्य गोविन्द बस्नेत, बेंसीशहर नगरसंगठन कमिटीका सचिवालय सदस्य वीरेन्द्र गुरुङलगायतले मन्तव्य व्यत्तः गर्नुभएको थियो।

कार्यक्तममा साविक गाउँशहर गाविस हुँदा वडा नम्बर ६, ७, ८ नम्बरका वडा अध्यक्षलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा वडा नम्बर ६ का अध्यक्ष विलबहादुर कँडेल, वडा नम्बर ७ का घननाथ बराल, वीरबहादुर खड्का र वडा नम्बर ८ का मीनबहादुर रानालाई सम्मान गरिएको थियो। एमाले बेंसीशहर नगर संगठन कमिटीका तत्कालीन–५ वडाका अध्यक्ष शिवेन्द्र कँडेलको अध्यक्षतामा उत्तः भेला भएको थियो।

प्रतिक्रिया दिनुहोस्