२०७३ सालः जो चर्चामा रहे



मधुसूदन रायमाझी
यस वर्ष धेरै पात्रहरू चर्चामा रहे। नौबुँदे सहमतिमार्फत् बनेको केपी शर्मा ओली नेतृत्वको सरकार नौ महिनाको बीचमा ढल्यो। गठबन्धन भंग गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्न सफल हुनुभयो। सरकारको जोडघटाउको कारण स्थानीय निकायको निर्वाचन धकेलियो। ओली–प्रचण्ड गठबन्ध भत्किएर प्रचण्ड–देउवा गठबन्धन बन्यो। गठबन्धन निर्माणका क्तममा मधेसी मोर्चासँग भएको तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै करिब ८ महिनापछि मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लियो। सबैभन्दा बढी रस्साकस्सी संविधान संशोधन विधेयक संसद्मा पेस गर्ने क्तममा भयो।

जसका कारण ४० दिनसम्म संसद् बैठक चलेन। प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निकै घोचपेच भयो। कांग्रेस सभापति शेरबहादुर देउवाले तेस्रो वरीयतामा रहेका जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउन प्रचण्डलाई दबाब दिएको विषय पनि निकै चर्चाको विषय बन्न पुग्यो। गठबन्धन जोगाउन प्रचण्डले एक सिट भएका सांसदलाई पनि मन्त्रिमण्डलमा सहभागी बनाउने विषय पनि चर्चाकै विषय बन्न पुग्यो। गठबन्धन कायम गर्न राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बनाएपछि तीन सातासम्म मन्त्रिपरिषद्को बैठक बस्न सकेन। प्रचण्ड र देउवाबीच पनि निकै उतारचढाव चलिरह्यो। प्रहरी प्रमुख नियुक्तिमा एमालेले कांग्रेसले दबाब दिए प्रचण्डलाई काँध थाप्नेसम्मको खेल पनि चल्यो। तर निकै सहज परिस्थितिबाट कांग्रेस–माओवादी गठबन्धले निरन्तता पाउँदै आएको छ।

यस वर्ष दश वर्षपछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई निमन्त्रणा दिएर राजनीतिमा तरंग ल्याउने काम गर्नुभयो। राष्ट्रपतिको निम्तो मान्न पहिलोपटक पूर्वराजा शाह शीतल निवास जानु पनि निकै चासो र चर्चाको विषय बन्न पुग्यो। दुई महिना नबित्दै पुनः पूर्वराजाको नातिको व्रतबन्धको भोजमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुलाई राजनीतिमा चासोको साथ हेरिएको छ। दश वर्षपछि गणतन्त्र र राजतन्त्रको जम्काभेटको विषय निश्चय पनि चर्चाको विषय नै हो। एनसेलसँग उठाउनुपर्ने ३३ अर्ब रुपियाँ पुँजीगत लाभकर उठाउने विषयमा कृष्णबहादुर महराद्वारा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीले नै प्रस्ताव ल्याएको भन्ने अभिव्यक्ति पनि चर्चित नै रह्यो।

राप्रपा नेपाल र राप्रपाबीच एकता भएको दुई साता नबित्दै कमल थापा सरकारमा सहभागी भएपछि पार्टीबाट डा. प्रकाशचन्द्र लोहनीले पार्टी फुटाएको विषयले पनि चर्चा पायो।
प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा ऊर्जामन्त्री जनार्दन शर्माले जनताको मन जित्न सफल भए। मन्त्री भएको छोटो अवधिमा नै उनले देशभर व्याप्त रहेको लोडसेडिङ हटाएर जनतालाई ठूलो राहत दिन सफल भएका छन्। यस वर्ष धेरै चर्चाको पात्रका रूपमा शर्मा रहन सफल भए। मन्त्री शर्माको कामको कारण देशमा मात्र नभई विदेशमा समेत चर्चाको विषय बन्न पुगेको छ। नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेको सात महिनाको अवधिमा नै लोडसेडिङ हटाएर प्रशंसनीय काम गरेका छन्। कर्मचारीले नागरिकको अपेक्षाअनुसार काम नगरेको आरोप लागिरहेका बेला घिसिङले कुशल व्यवस्थापकको काम गरेर नागरिकको जीवनशैलीमा नै परिवर्तन ल्याउन सफल भएका छन्। निराशाको बीचबाट पनि कुलमानले लोडसेडिङ हटाएर जनताको मन जित्ने र राम्रो काम गर्ने व्यक्तिहरू पनि छन् भन्ने राम्रो सन्देश दिन सफल भएका छन्। यस वर्ष घिसिङ सर्वाधिक चर्चामा रहे। राम्रो काम गरेबापत कुलमानको सर्वत्र चर्चा र प्रशंसा अहिले पनि कायमै रहेको छ।

स्वास्थ्यमन्त्री गगन थापा पनि प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा सफल मन्त्री मानिएका छन्। उनले प्रत्येक स्वास्थ्य संस्थामा ५ बजेसम्म अनिवार्य रूपमा बस्नुपर्ने, त्यस अवधिमा निजी अस्पतालमा काम गर्न नपाइने नियम लागू गरे। थापाले मानसिक रोगीहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेदेखि ७० प्रकारका औषधि निःशुल्क उपलब्ध हुने व्यवस्था मिलाए। थापाकै पहलमा राज्यका पूर्वविशिष्ट र विशिष्टहरूलाई राज्यले उपलब्ध गराउने सीमा तोक्न सफल भए। गाउँगाउँमा डाक्टर पठाउनेदेखि लिएर निःशुल्क मृगौला प्रत्यारोपण र गरिब तथा अशत्तःलाई परिचयपत्रको आधारमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने काम गर्न सफल भए। थापाले स्वास्थ्य क्षेत्रमा गरेको सुधारले पनि धेरै नागरिकहरूको मन छोएको छ। राम्रो काम गरेर थापा चर्चामा रहे भने नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला क्यान्सरको उपचार गर्नका लागि सरकारबाट ५० लाख रुपियाँ लिएपछि सर्वत्र आलोचनाको पात्र बनिन्। करोडौं पुख्र्यौली सम्पत्ति भएर पनि सरकारबाट उपचार रकम लिनुले स्वयम् उनको व्यापक रूपमा विरोध भयो। सामाजिक सञ्जालमा निकै आलोचना भयो।

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई निर्वाचन आयोगमा निर्वाचन चिन्ह ‘आँखा’ माग्न जाने क्तममा पक्ताउ पर्नुभयो। तर प्रहरीले छोड्दा समेत प्रहरी हिरासतबाट बाहिर निस्किन नमान्दा प्रहरीले जबरजस्ती बाहिर निकालेको विषय पनि चर्चामै रह्यो। अझै रोचक त प्रहरी हिरासतमै रहेका भट्टराईलाई नेकपा क्तान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य नै भेट्न पुग्नु पनि थियो। त्यसै गरी नयाँ शक्तिकी नेतृ हिसिला यमी पनि वर्षको अन्तिममा चर्चाको पात्र बन्न पुग्नुभयो। निर्वाचन आयोग घेराउ गर्ने क्तममा भएको झडपमा यमीले यो देशलाई खारेज गर्नुपर्ने अभिव्यक्तिको सर्वत्र विरोध भएपछि गल्ती भएको भन्दै माफी नै माग्नुभएको थियो।

सरकारले गरेको तीनबुँदे सहमति पालना नभएको भन्दै मधेसी मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवसहितका नेताहरूले सरकारलाई दिएको समर्थन फिर्ता गर्नुले पनि राम्रो चर्चा पाए।

यस वर्ष लोकमानसिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट हटाउने विषय झनै सर्वत्र चर्चा भयो। कार्कीको विरुद्ध एमाले र माओवादीले संसद्मा महाअभियोग प्रस्ताव दर्ता गरे पनि कांग्रेसले साथ दिएन। तर सर्वोच्च अदालतले योग्यता नपुगेको भन्दै कार्कीले नियुक्ति नै खारेज गर्ने फैसला गर्यो।

कार्की बर्खास्तमा परेपछि प्रधानन्यायाधीश सुशील कार्की पनि चर्चामा रहनुभयो।

नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनाल पनि यस वर्ष चर्चामा रहनुभयो। उहाँले अपराध महाशाखामा रहेर राजधानी काठमाडौंलाई गुण्डामुत्तः गर्ने अभियान सफल मात्र पार्नुभएन, तेल, चोर र बिजुली चोरलाई समेत पक्ताउ गर्न सफल हुनुभयो। उहाँले प्रहरी संगठनप्रति नागरिकको विश्वास र आशा जगाउने काम गर्नुभयो। खनालकै पहलमा विदेशमा अलपत्र परेका नेपालीहरूको समेत उद्धार भएको थियो।

भूकम्पपछि पुनर्निर्माणको कामले गति लिन नसकेको भन्दै सरकारको चर्को आलोचना हुने गरेको छ। काम गर्ने इच्छा शक्ति र अठोट भए पनि विकास निर्माण गर्न सकिन्छ भन्ने गतिलो उदाहरण हास्यकलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले पेस गरेका छन्। धुर्मुस सुन्तलीले सिन्धुपाल्चोकमा नमुना एकीकृत बस्ती निर्माण गरेर भूकम्प पीडितलाई हस्तान्तरण गर्न सफल भएका छन् भने बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती बनाउन सफल भएका छन्। समाजमा केही गर्न सकिएन भन्नेहरूका लागि धुर्मुस–सुन्तलीले गतिलो जवाफ दिएका छन्। समाजमा राम्रो काम गर्न सकिन्छ र राम्रो काम गर्नेहरू पनि छन् भनेर देशमा मात्र होइन विदेशमा समेत धुर्मुस–सुन्तली उदाहरणीय भएका छन्।
सामाजिक अभियन्ता महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको निर्माणका लागि पोखरास्थिति आफ्नै २८ रोपनी जग्गा प्रदान गरेर केन्द्र स्थापनाको अभियानमा जुट्नुभयो। नेपालको आर्थिक विकासलाई ध्यान दिँदै उहाँले आविष्कार केन्द्र सञ्चालन गर्नका लागि अभियान थाल्नुभएको हो। हरेक सरकारले पटक–पटक आश्वासन मात्र दिएपछि उहाँले आफ्नै जग्गा बेचेर केन्द्र स्थापना गर्ने अभियान अघि बढाउनुभएको हो।

त्यसै गरी वर्षको चर्चित पात्रका रूपमा पूर्वसंघिय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे पनि रहे। उनकै कार्यकालमा संविधानअनुसार ७४४ स्थानीय तह कार्यान्वयनमा आएको थियो। वर्षको अन्तिमा प्रहरी प्रमुखको बन्ने भन्ने विषयमा डीआईजीद्वय नवराज सिलवाल र जयबहादुर चन्द पनि चर्चामा रहे। अन्ततः सरकारले डीआईजी प्रकाश अर्याललाई प्रहरी प्रमुखमा नियुक्ति गर्यो।

प्रतिक्रिया दिनुहोस्