भानु माविको पोल्टामा राष्ट्रपति रनिङ शिल्ड



सन्तोष रुचाल, धनकुटा । धनकुटामा सञ्चालन भईरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी भानु मावि डाँडाबजारले जितेको छ ।

छात्र भलिबल, छात्र कपर्दी, छात्रा कपर्दी र एथलेटिक्सतर्फ प्रथम स्थान हात पार्दै भानु माध्यमिक विद्यालयले राष्ट्रपति रनिङ सिल्ड जितेको हो । यस पटक सहित लगातर २०७१ र २०७२ सालमा पनि राष्ट्रपति रनिङ सिल्ड जितेको भानु माध्यमिक विद्यालयले सिल्ड कब्जा गरेको छ । आगामी बर्षदेखि जिल्ला खेलकुद विकास समितिले नयाँ सिल्ड खरीद गरी खेल खेलाउने खेलकुद विकास समितिका कार्यालय सचिव नविन प्रधानले बताउँनुभयो ।

रनिङ सिल्ड जितेको भानु माविले सबै खेलबाट २३१ अंक प्राप्त गरेको छ । त्यस्तै दोस्रो भएको पुण्य माविले १२८ र तेस्रो भएको कुरुलेतेनुपा माविले ९४ अंक प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्