लागूऔषध गाँजासहित २ जना पक्राउ



नेपाल समाचारपत्र, सिराहा । सिराहा प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा गोलबजार नगरपालिका १ मुकसारबाट वर्ष ५० का नेमचन साह तेली तथा उदयपुरको कटारी नगरपालिका २ का ५२ वर्षका प्रेमबहादुर राईलाई १५ किलो प्रतिबन्धित गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

स्थानीय छत्रबहादुर राईको बारीमा बनाएको कटेरोमा गाँजा प्याक गरिरहेको सूचनाको आधारमा खानतलासी गर्दा दुई जनालाई रंगेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय गोलबजारको हिरासतमा राखी अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्