एक सय ११ ग्राम सुन सहित गुप्ता पक्राउ



नेपाल समाचारपत्र, सिराहा । अबैध रुपमा भारत तर्फ लगिरहेको अवस्थामा सिरहा प्रहरीले एक सय ११ तोला सुन सहित एक जनालाई पक्राउ गरेको छ ।

सिराहा प्रहरीले विशेष सुराकीको आधारमा विहिबार लहान ७ बाट सिराहा नगरपालिका वडा नं. ७ बस्ने वर्ष ४० को बैजनाथ गुप्तालाई पक्राउ गरेको हो ।

गुप्ता भारत तर्फ पैदल गईरहेको अवस्थामा प्रहरी टोलीले शरीर खानतलासी गर्दा ५ लाख ३३ हजार ८ सय ७३ रुपैया बराबरको दुई थान सुनको बाला फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जानाएको छ । गुप्तालाई थप अनुसन्धानका लागि जिल्ला भन्सार कार्यालय खैरटोका माडरमा पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्