संस्थाकी अध्यक्षद्धारा कार्यालय मै आत्महत्या



बिष्णु तिमिल्सिना, बर्दिया

मुक्त कम्लहीहरुको संगठित संस्था मुक्तकम्लहरी बिकास मञ्च बर्दिया जिल्ला शाखा बर्दियाकी अध्यक्ष १९ बर्षीय श्रृजना चौधरीले बुधबार साँझ संस्थाको कार्यालय कोठामै आत्महत्या गर्नु भएको छ ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ बनबीरगाँउ घरभई गुलरिया नगरपालिका वडा ५ सुहेलवा स्थित संस्थाको कार्यालयमा आफ्नो दोपट्टाले पंखामा पासोलगाई आत्महत्या गरेको कुरा प्रहरीले जनाएको छ । करिब १ घन्टा अगाडी सम्म उक्त संस्थाकी उत्प्रेरक सुस्मा चौधरी उहाँ संगै हुनु हुन्थ्यो । सुस्माले धारामा करिब १ घन्टा सम्म लुगा धोएर आएपछि कार्यालय कोठामा भित्र चुक्कुल लगाएकोले ढोका ढकढक गर्नु भयो र बोलाउनु भयो ।

तर ढोका पनि नखोलेको र आवाज पनि नअएपछि अरुलाई बोलाउनु भयो र प्रहरीलाई पनि बोलाइयो, प्रहरीले ढोका खोल्दा झुन्डीयको अबस्थामा फेला पर्नुभएको थियो । मृतकको सब जिल्ला अस्पतालमा पोष्टमार्टम पछि घरपरिवारले दाहसंस्कारको लागि बुझिलिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको कुरा प्रहरी उपरिक्षक भरतबहादुर बोहोराले जानकारी गराउनु भयो ।

बर्दिया जिल्लामा आत्महत्याका घटनाहरु धेरै हुने गरेका छन् । त्यसमा पनि थारु जातिको आत्महत्या गर्ने संख्या अत्याधिक छ । तर यसरी संस्थाको कार्यालय मै आत्महत्या गरिएको सम्भवत पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्