आइजीपी प्रकरण-अदालतद्वारा अन्तरीम आदेश दिन अस्वीकार ,कारण देखाउ आदेश जारी



काठमाडौं (नेस) ।
प्रकाश अर्याललाई आइजीपीमा नियुक्त गर्ने निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरीम आदेश दिन अस्वीकार गरेको छ ।

कारण देखाउ आदेश जारी गरेको अधिवक्ता विकास भटराईले जानकारी दिनुभएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आईजीपीमा प्रकाश अर्याललाई नियुक्त गरेको थियो ।

सरकारले कार्यसम्पादन मूल्यांकनको आधारमा बढी नम्बर पाएका अर्याललाई आईजीपीमा नियुक्त गरेको भए पनि डीआईजी नवराज सिलवालले कार्यसम्पादन मूल्यांकनको नम्बरिङ गर्दा गडबड भएको भन्दै सवोच्चमा रिट दाएर गर्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्