कालिकोटको लगातार तेस्रो जित



काठमाडौं, (नेस)
नेक्सस कप अन्डर सिक्सटिन क्रिकेट प्रतियोगितामा कर्णाली क्रिकेट क्लब कालिकोटले लगातार तेस्रो जित हात पारेको छ।

मंगलबारको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको कालिकोट ९५ रनमानै अलआउट भयो। कालिकोटका लागि विवस बडाले ३० बलमा ४१ रन बनाउँदै सर्वाधिक योगदान गरे।जवाफमा बालुवाटार १५ ओभरमा मात्र ३७ रन बनाएर अल आउट भए पछि कालिकोटले ४८ रनले खेल जित्यो। कालिकोटका मोविन शर्माले ४ ओभरमा ११ रन दिएर ५ विकेट लिए।

ट्रिटन कलेज तीनकुनेको विशेष सहयोगमा भइरहेको खेलमा मंगलबारसम्म लिग चरणका २१ खेल समाप्त भएका छन्। पहिलो खेलमा ओएसिस क्लबले जनप्रेमी भक्तपुरलाई ५८ रनले पराजित ग¥यो। त्यसै गरी अर्को खेलमा न्यु होराइजन बुटबलले सान ब्लु काठमाडौंलाई ६८ रनले पराजित ग¥यो।

प्रतिक्रिया दिनुहोस्