बिराटनगरले धनगढीलाई हरायो



विकेट लिएको खुसीमा विराटनगर किंग्सका खेलाडीहरु

नेपाल समाचारपत्र
काठमाडौं
सुदूरपश्चिममा जारी धनगढी प्रिमियर लिगअन्तर्गत मंगलबारको खेलमा बिराटनगर किंग्सले धनगढी टिम चौराहालाई २३ रनले पराजित गरेको छ।

कप्तान शरद भेषवाकरको अलराउन्ड प्रदर्शनमा बिराटनगरले पारस खड्काको नेतृत्वमा रहेको आयोजक धनगढी टिमलाई मात दिएको हो। टस जितेर बलिङ रोजेको चौराहासामू बिराटनगर किंग्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३४ रन जोडेको थियो। कप्तान सरद र अनिल शाहले आक्रमक ब्याटिङ गरेपछि बिराटनगरले चुनौतिपूर्ण लक्ष्य तेर्साएको थियो।

टोलीका लागि शरदले ३२ बलमा ४६ रन योगदान दिए। त्यस्तै अनिल शाहले २८ रन बनाएका थिए। उनले तीन छक्का प्रहार गर्न सफल भएका थिए। अनिल आउट भएपछि ब्याटिङ गर्न आएका प्रनित थापा मगरले पनि विस्फोटक ब्याटिङ गरे। उनले १४ बलमा २१ रन बनाएका थिए। धनगढी टिमका ललित राजवंशीले २ विकेट लिए भने सुसान भरि, रामनरेश गिरी र आरिफ शेखले समान १–१ विकेट लिए।

१ सय ३५ रनको लक्ष्य सहजै देखिए पनि पारसको टोलीले पछ्याउन सकेन। टोली १ सय ११ रनमा समेटिएको थियो। पाँचौं ओभरमा राजु रिजाल आउट भएपछि लगातार प्रमुख दुई विकेटका रूपमा आसिफ शेख र पारसलाई गुमाउन पुग्यो। पारस मात्र २ रनमा पवेलियन फर्केका थिए।

यसपछि ओपनर अनिल मण्डलले ३८ बलको सामना गर्दै २४ रन जोडे भने मिडल अर्डरमा अमर रउटेलाले २ छक्का प्रहार गर्दै २४ रन जोडे पनि जित टाढा नै भयो। बिराटनगरको बलिङ तर्फ कप्तान शरद र सुशील कंडेलले समान ३–३ विकेट लिए भने जितेन्ı मुखियाले २ तथा दिपेन्ı सिंह ऐरीले एक विकेट प्राप्त गरे। शरद म्यान अफ द म्याच घोषित भएका थिए।

काठमाडौं गोल्डेन्सको जित
यसै गरी अर्को खेलमा काठमाडौं गोल्डेन्सले प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा कन्चनपुर आइकनिकलाई २४ रनले पराजित ग¥यो। पहिलो खेलमा दुबै टोली हारेका थिए। टस जितेर पहिलो ब्याटिंग रोजेको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो। टोलीका लागि आठौ नम्बरका ब्याट्सम्यान भुवन कार्कीले टोली सम्हालेका थिए। उनले १४ बलमा पाँच चौका र २ छक्का प्रहार गरेर ३६ रन बनाए। नटआउट रहेका भुवन म्यान अफ द म्याच समेत घोषित भएका थिए।

जवाफमा सुनिल धमलालाई व्यक्तिगत १४ रनमा गुमाएको कन्चनपुरले सागर पुन र हासिम अन्सारी बीचको साझेदारीले १० ओभरको अन्त्यमा १ विकेट गुमाउँदै ६९ रन बनाएको थियो। तर भुवनले अन्सारीको क्याच समाए लगतै काठमाडौं खेलमा फर्कियो। ६ चौका प्रहार गर्दै ४० रन बनाएका सागर पुनलाई पनि भुवनले नै क्याच लिएर पवेलियनतिर फर्काएका थिए।

सागर पुन र हसिम अन्सारीको पतनसंगै रोकिएको कन्चनपुरले अर्को १३ रन बनाउँदा ५ विकेट गुमाएपछि प्रतियोगितामा लगातार दोस्रो हारको सामना गर्नुप¥यो। काठमाडौंका लागि कप्तान वसन्त रेग्मीले ४ ओभरमा २ विकेट लिँदै १२ रन मात्र खर्चिए भने सन्तोष भट्टले पनि २ विकेट लिए। कन्चनपुरले २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय २३ रन समेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्