टेलिकमको नववर्षमा सहुलियत अफर



काठमाडौं, (नेस)
नेपाल टेलिकमले नयाँ वर्ष २०७४ को अवसरमा उपभोक्तालाई विभिन्न सेवामा सहुलियत प्रदान गरेको छ। कम्पनीको नव वर्ष प्रोमोसनल अफरअन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक रहेका छन्।

रिचार्ज बोनसअन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड उपभोक्ताले एमपोस तथा रिचार्ज कार्डमार्पmत् १ सय र २ सय रुपियाँको रिचार्ज कार्ड प्रयोग गर्दा १० प्रतिशत बोनस पाउने छन् भने ५ सय र हजार रुपियाँको रिचार्ज कार्ड प्रयोग गर्दा १५ प्रतिशत बोनस पाउनेछन्। प्राप्त बोनसको अवधि तीन दिनको हुनेछ। यसरी उपलब्ध गराइने रिचार्ज बोनस सेवा चैत ३० गतेदेखि वैशाख १३ गतेसम्म लागू हुनेछ।

डाटा प्याकेजअन्तर्गत जीएसएम सेवाका उपभोक्तालाई चैत ३० देखि वैशाख २८ गतेसम्म लागू हुने गरी अलटाइम डाटाप्याकेज र नाइट डाटाप्याकेज उपलब्ध गराइएको छ। अलटाइम डाटाप्याकेज अन्तर्गत १ सय, २ सय र ३ सय रुपियाँमा क्रमशः ४ सय एमबी, ८ सय ५० एमबी र १५ सय एमबी डाटाभोल्यूम उपलब्ध गराइनेछ। यो ३० दिनभित्र चौबिसै घण्टा प्रयोग गर्न पाउनेछन्। नाइट डाटा प्याकेजअन्तर्गत २ सय र ३ सय रुपियाँमा ३० दिनको भ्यालिडिटीसहित राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी क्रमशः ३ जिबी र ६ दशमलव ५ जिबी डाटा भोल्यूम उपलब्ध गराइनेछ। यो अफर अन्तर्गत डाटा सेवाको मूल्य प्रति एमबी ४ दशमलब ५ पैसा देखि २५ पैसा मात्र पर्नेछ।

अल टाइम डाटा प्याकेज सेवा लिनका लागि डाटा टाइप गरी आपूmलाई जति एमबी चाहिएको हो सो उल्लेख गरेर १४१५ मा म्यासेज पठाउनु पर्दछ भने नाइट डाटा प्याकेज सेवाको उपभोग गर्न नाईट टाइप गरी आपूmलाई जति एमबी चाहिएको हो सो उल्लेख गरेर १४१५ मा म्यासेज पठाउनुपर्नेछ।

त्यसैगरी नाइट भ्वाइस प्याकअन्तर्गत जीएसएम सेवाका उपभोक्तालाई चैत ३० गतेदेखि वैशाख २८ गतेसम्म लागू हुने गरी २५ रुपियाँमा सात दिनको भ्यालिडिटीसहित राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी २५० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइनेछ। नाइट भ्वाइस प्याक सेवा लिनका लागि नाइटभ्वाइस टाइप गरी १४१५ मा म्यासेज पठाएर उक्त सेवा लिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्