खरिद ऐनको संशोधनको निर्माण व्यवसायी प्रतिवाद गर्ने



काठमाडौं, (नेस)
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले व्यवसायीमैत्री ऐनको अभावमा व्यवसायीले राज्यप्रति जिम्मेवार भएर काम गर्न नसकेको बताउनु भएको छ। मध्यमाञ्चल क्षेत्रीय निर्माण व्यवसायी संघको १३औं वार्षिक साधारणसभाको सोमबार राजधानीमा उद्घाटन गर्दै अध्य क्ष गौचनले राज्य व्यवसायीका समस्याप्रति अनुदार रहेको टिप्पणी गर्नुभयो।

मुलुकमा हुने जस्तोसुकै विकास निर्माणका काम गर्न स्वदेशी व्यवसायीहरू नै सक्षम रहेको भन्दै अध्यक्ष गौचनले भन्नुभयो–‘ विदेशी व्यवसाय गुहा¥नुपर्ने कुनै आवश्यकता छैन।’ राज्यले नै राम्रो काम गर्नेलाई पुरस्कृत तथा गलत काम गर्नेलाई दण्डित गर्ने हो भने निर्माण व्यवसाय समृद्ध हुने अध्यक्ष गौचनको भनाइ थियो। सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधन व्यवसायीहरू प्रतिकूल रहेको भन्दै गौचनले त्यसको सशक्त प्रतिवाद गरिने चेतावनी दिनुभयो। महासंघका सल्लाहकार तथा पूर्वअध्यक्ष यक्षध्वज कार्कीले निर्माण व्यवसाय समृद्ध नभएसम्म मुलुक समृद्ध हुन नसक्ने धारणा राख्नुभयो। महासंघका वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठले प्रतिकूल ऐन नियमका कारण व्यवसायीहरू सधैं मारमा पर्ने गरेको बताउनुभयो।

त्यस्तै उपाध्यक्ष रुद्र शर्माले व्यवसायीलाई दक्ष बनाउन राज्यकै तर्फबाट पहलकदमी हुनुपर्ने बताउनुभयो। महासचिव रामशरण देउजाले व्यवसायीमैत्री ऐन लागू गर्न व्यवसायीबीचको एकता आवश्यक रहेको बताउनुभयो।

मध्यमाञ्चल क्षेत्रीय निर्माण व्यवसायी संघका अध्यक्ष सुवित श्रेष्ठको अध्यक्षतमा भएको सभामा आफनो धारणा राख्दै उपमहासचिव)द्वय विष्णु बुढाथोकी, सूर्यप्रसाद तिमल्सिना, कोषाध्यक्ष रोशन दाहाल, ललितपुर निर्माण व्यवसायी संघका अध्यक्ष नमराज खड्कालगायतले व्यवसायीका समस्यालाई राज्यले गम्भीर रूपमा नलिएको भनाइ राख्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्