बैतडीमा पेट्रोलको अभाव



नेपाल समाचारपत्र
बैतडी
जिल्लाको एकमात्र पेट्रोल पम्प बैतडीको सतबाँझमा रहेको भण्डारी आयल स्टोरमा ७ महिनादेखि पेट्रोल पाउन छोडेपछि उपभोक्ता भारतीय सीमावर्ती बजार झुलाघाट तथा बाहिरी जिल्लाबाट ल्याउन बाध्य भएका छन्। साथै पेट्रोल नपाउँदा उपभोक्ता महंगो तथा मिसावट गरिएको पेट्रोल किन्न बाध्य भएका छन्।
बिगत ७ महिनादेखि पेट्रोल लिन पटकपटक पेट्रोल पम्पमा पुगे पनि रित्तै फर्कनुपर्ने बाध्यता रहेको स्थानीय लोकेश साउदले बताउनुभयो।

पेट्रोलपम्पमा पेट्रोल नपाइएपछि बजारमा १ सय ५० रुपियाँ लिटर पेट्रोल किन्नुपर्ने बाध्यता उहाँले भन्नुभयो– ‘बजारमा किनेको पेट्रोल महंगो तथा मिक्स हुने भएकाले आफूहरूलाई समस्या छ।’

बैतडीमा आयाल स्टोर एक मात्र छ तैपनि पेट्रोल पाइँदैन पेट्रोल ल्याउनका लागि पनि डडेल्धुरा, धनगडी जानुपर्ने बाध्यता रहेको अर्का मोटरसाइकल चालक महेश अवस्थीको भनाइ रहेको छ।

यसबारे भण्डारी आयाल स्टोरका सञ्चालक लालबहादुर भण्डारीले पेट्रोलबाट आफूलाई घाटा हुने गरेकाले पेट्रोल ल्याउन छोडेको बताउनुभयो। आफूसंग १२ हजार लिटरको एक टयांकर मात्र भएकाले डिजल ल्याउन ठिक्कै भएकाले समस्या भएको छ उहाँले भन्नुभया– ‘आफूले पेट्रोलका लागि ट्यांकर किनेको भए पनि आयाल निगममै थन्किएको छ ।’

अब आयाल निगम धनगडीमा गएर आवश्यक प्रक्रिया अघि बढाइरहेको उहाँले जानकारी दिनुभयो ।

यता प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले यसका लागि भण्डारी आयल स्टोरसंग छलफल गर्ने बताउनुभयो। आफूहरूले पेट्रोल पम्पमा किन पेट्रोल आउँदैन भनेर छलफलमा बोलाएका छौं उहाँले भन्नुभयो ‘केही दिनमै छलफल गरेर समस्या समाधानका लागि जिल्ला प्रशाशनले पहल गर्नेछ।’ यसरी बैतडीमा ७ महिनादेखि पेट्रोल नपाउँदा उपभोक्ता आक्रोशित हुनुका साथै सम्बन्धित निकायले उसका लागि पहल गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्