समाचारपत्रकर्मी तिमल्सिना सम्मानित



????????????????????????????????????

काभ्रे (नेस)
नेपाल समाचारपत्र दैनिकका जिल्ला संवाददाता मोतिराम तिमल्सिनालाई पुष्प व्यवसायीहरूले व्यवसाय प्रर्वद्धनमा सञ्चार माध्यममार्फत उल्लेख्य भूमिका खेलेको भन्दै सम्मान गरेको छ। केन्द्रीय अध्यक्ष कुमार कसजु, जिल्ला अध्यक्ष भोजराज तिमल्सिनालगायतले तिमल्सिनालाई दोसल्ला तथा सम्मानपत्रमार्फत सम्मान गरेका थिए।

तिमल्सिना डेढ दशकदेखि जिल्ला विभिन्न सञ्चारमाध्यममा काभ्रेपलाञ्चोक जिल्लामा रही पत्रकारितामा कृयाशील छन्। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रेस काउन्सिलको सशक्त लेखन पत्रकारिता पुरस्कारबाट यसै वर्ष सम्मानित तिमल्सिनालाई जिल्लामा रहेका दर्जनभन्दा धेरै संघसंस्थाहरूले यही वर्ष सम्मान गरेका छन्। पुष्प व्यवसायीहरूले तिमल्सिनालाई निरन्तर पुष्प व्यवसायका बारेमा भएका समस्या, चुनौति र सम्भावनाका बारेमा कलम चलाउन आग्रह गरेका थिए। सोही कार्यक्रममा बोल्दै तिमल्सिनाले पुष्प व्यवसायका गतिविधि र व्यवसायीहरूका समस्यासँग सधैं साथ रहने प्रतिवद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्