टिकाभैरबमा दर्शनार्थीको भिड



ललितपुर,(नेस)।

टिकाभैरब मन्दिरमा मंगलबार विहानैदेखि दर्शनार्थीको भिड लागेको छ । ललितपुरको गोदावरी– ६ स्थित टिकाभैरबमा रहेको भैरब मन्दिरमा दर्शनार्थीको भिड लागेको हो ।

प्रत्येक चैत पूर्णिमाको दिनदेखि भोलि पल्टसम्म यहाँ विशेष पुजा आराधाना सहित मेला लाग्ने गर्दछ ।

पूर्णिमाको अघिल्लो रात लेलेबाट जय कुमारी र बाल कुमारीको रथ ल्याएर राखेसँगै सुरु हुने यो जात्रा भोलिपल्ट रथ तानेर भैरब मन्दिर अगाडि दुई कुमारीको रथलाई एकापसमा जुढाएर लेले लगेसँगै अन्त्य हुने स्थानीय भक्तजन लोकमान सापकोटाले बताए ।

जात्राको मुख्य आकर्षणको रुपमा लिईने दुई कुमारीको रथलाई नेवारी बाजागाजा सहित तान्ने चलन रहेको छ ।

मेलालाई थप व्यवस्थित बनाउँन रोटरी क्लब अफ टिकाभैरब र स्थानीय युवाहरुले व्यवस्थापन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्