आईजीपी नियुक्ति बदरको माग गर्दै डिआईजी सिलवाल पुनः सर्वोच्चमा



काठमाडौं, (नेस) ।
सरकारले गएराती प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गरेको छ । तर सरकारको उक्त निर्णय विरुद्ध प्रहरी नायब महानिरीक्षक डीआईजी नवराज सिलवालले फेरि सर्वोच्च अदालतमा रिट दायर गर्न पुगेका छन् ।

गएराति सरकारले अर्याललाई आइजिपी मा नियुक्त गरेपछि सिलवालले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गर्न पुगेका हुन।

उनले अर्यालको नियुक्तिको निर्णय बदर गरी सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासको फैसला अनुसार आफूलाई महानिरीक्षक बनाउन माग गर्दै रिट दायर गरेका हुन्।

यसअघि फागुन १ गते सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णयलाई पनि सिलवालले सर्वोच्चमा रिट दायर गर्दा अदालतले उनैको पक्षमा फैसला दिँदै सरकारलाई वरिष्ठता र कार्यसम्पादन मुल्याङ्कनमा अगाडि रहेका डीआईजीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न आदेस दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्