गुल्मीका गाउँपालिकामा यस्ता छन चर्चाका उम्मेदवारहरु



अनिल खत्री,गुल्मी ।
स्थानिय चुनावको मिति नजिकिए सगै जिल्लामा चुनावी रौनक सुरु भएको छ । चुवानको मिति नजिकिए सगै नगरपालिकामा मेयर तथा उप मेयर, गाउँपालिकामा अध्यक्ष र वडा अध्यक्षका लागि नेताहरुले रुची देखाएका छन् ।

गुल्मीका १० गाउँपालिकामा स्थानिय तहको निर्वाचनमा बिभिन्न पार्टीका बिभिन्न नेताहरुको नाम चर्चा रहेको छ । स्थानियतहको चुनाव नजिकिए सगै पार्टीका गतिबिधीहरु वढीरहेका बेला नेता तथा कार्यकताहरुले नेतृत्व लिन तछाड मछाड गरिरहेका छन् ।

पार्टीका नेताहरु नेतृत्वलिन आफना अग्रज नेताहरुको लबिङ्ग शुरु गरेका छन् । हाल जिल्लामा नयाँ तथा पुराना नेताहरुको नाम यतिबेला चर्चामा रहेको छ । पुराना नयाँ पुस्ता मिलाएर उम्मेदवार छनोट गर्नु पर्ने अनेरास्वबियु गुल्मीका जिल्ला अध्यक्ष राजेन्द्र बिक्रम कुँवरले भनाई रहेको छ ।

जिल्लाका बिभिन्न स्थानमा उम्मेदवार छनोटको लागी बिभिन्न छलफलहरु हुन थालेका छन् ।
पूर्व गाविस अध्यक्षमा निर्वाचित देखि जिल्ला तहमा बसेर नेतृत्व समालेका नेताहरु यहिबेला गाउँपालिको प्रमुख बन्ने दाउमा छन् । जिल्ला तहमा बसेर लोकप्रियता कमाएका जिल्ला स्तरका नेताहरु गाउँपालिकाको प्रमुखमा उमेदवारमा चर्चा हुनुले कतिपय गाउँपालिकामा चुनावी प्रतिपर्धा कडा देखिने भएको छ ।

गाउँमा स्थानियहरुको मत फरक फरक खालको देखिन थालेको छ । कतिपय स्थानियहरु पुराना आफना गाउँमा हरेक पल साथ दिदै आएका नेताहरु ल्याउनु पर्नेमा जोड दिएका छन् भने कतिपय नयाँ पिडिलाई ल्याउनु पर्ने जोड दिएका छन् ।

गुल्मीका १० गाउँपालिका मध्ये मालिका गाउँपालिका नेपाली कांग्रेसको तर्फबाट रेखा जिसी, प्रेमनाथ अर्याल, ज्ञानबहादुर कार्की, चन्द्रकान्त अर्याल नाम चर्चामा रहेको छ । नेकपा एमालेबाट सन्तोष लम्साल, रितबहादुर थापा, ओम कार्की, इश्वरबहादुर कार्की नाम चर्चामा रहेको छ । माओबादी केन्द्रबाट देविराम अर्याल, ज्ञानबहादुर बुढाको नाम चर्चामा छ ।

मदाने गाउँपालिकामा नेपाली कांग्रेस काशिबहादुर बोहोरा, मनिराम थापा, फर्सुराम भुसाल नाम चर्चामा छ । नेकपा एमालेबाट दानबहादुर केसी, चन्द्रबन्धु भुसाल, तोकम कुँवर, केशव चन्द, प्रेम जिसी नाम चर्चामा छ । माओबादी केन्दबाट्र बुद्धि जिसी, बेगम चन्दको नाम चर्चामा रहेको छ ।

इश्मा गाउँपालिकामा नेपाली कांग्रेसबाट नरहरि घिमिरे,भगत खड्का शेरबहादुर कुँवर, हरि केसी, चन्द्रबहादुर महतको नाम चर्चामा छ । नेकपा एमालेबाट लक्ष्मण विष्ट, लक्ष्मण पराजुली, हिरा एसी, टिका रेश्मी, राजेन्द्र बिक्रम कुँवरको नाम चर्चामा रहेको छ ।
माओबादी केन्द्रबाट नगेन्द्र कुँवर, दुर्गा बोहोरा, ज्ञानबहादुर बिष्टको नाम चर्चा रहेृको छ । धुर्कोट गाउँपालिकामा नेपाली कांग्रेसबाट महेन्द्र भण्डारी, छन्द पहराई, नविन जिसी, नेकपा एमालेबाट नरेश भण्डारी, कृष्ण घिमिरेको नाम चर्चामा छ । माओबादी केन्द्रबाट भुपाल पोख्रेल, निमबहादुर पाण्डे, मानबहादुर कुँवर नाम चर्चामा छ ।

गुल्मी दरबार गाउँपालिकामा नेपाली कांग्रेसबाट हरि अर्याल, लक्ष्मण थापा नेकपा एमालेबाट कृष्ण खनाल, हरिनारायण कंडेल, विष्णु गौतम माओबादी केन्द्रबाट यम पाण्डेको नाम चर्चामा छ ।

छत्रकोट गाउँपालिकामा नेपाली कांग्रेसबाट अनन्त पौडेल, धातानन्द भुसाल, बोधराज ज्ञवाली, नेकपा एमालेबाट मधुकृष्ण पन्त, विष्णु पौडेल नर्मदा भण्डारी, माओबादी केन्द्रबाट कमल पाण्डे, लोकनाथ पाण्डेको नाम चर्चामा रहेको छ । रुरु गाउँपालिकामा नेपाली कांग्रेसबाट रामचन्द्र भट्टराई, किशोर श्रेष्ठ, नेकपा एमालेबाट निलकण्ठ गौतम, चक्रपाणी गौतम, देवनारायण ज्ञवाली, माओबादी केन्द्र नारायण पौडेल, खेतबहादुर क्षेत्री, हरि ज्ञवालीको नामा चर्चामा रहेको छ ।

कालीगण्डकी गाउँपालिकामा नेपाली कांग्रेसबाट बेद मगर, घनश्याम ढकाल, नेकपा एमाले टिकाराम ढकाल, झवि पाण्डे, रामजी ढकाल, माओबादी केन्द्रबाट तेजेन्द्र पुलामी, ओमप्रकाश न्यौपानेको नाम चर्चामा रहेको छ । सत्यवती गाउँपालिकामा नेपाली कांग्रेसबाट पारिश्वर ढकाल, हरि भण्डारी, नेकपा एमालेबाट अम्मर सिंजापती, दानबहादुर राना, लोक राना, दुर्गा राना,माओबादी केन्द्रबाट जितबहादुर त्रामुको नाम चर्चामा रहेको छ ।

चन्द्रकोट गाउँपालिकामा नेपाली कांग्रेसबाट दोर्ण खत्री, रमेश भण्डारी नेकपा एमालेबाट निमलाल श्रेष्ठ, माओबादी केन्द्रबाट युवराज केसी, टंकबहादुर क्षेत्रीको नाम चर्चामा रहेको छ । केहि वडाहरुमा नेतृत्व टुगांएपनि धेरै जसो गाउँपालिका र उम्मेदवारको दुङ्गो नलगाएको पार्टीले जनाएका छन् ।

उमेदवार छनोटको लागी बिभिन्न पार्टीले चरणबद्ध छलफल जारी रहेको बताएका छन् । १० गाउँपालिकामा लिएका चर्चाका उम्मेदवारको नाम स्थानिय नेताहरुको स्रोतमा तयार गरिएको हो ।

२ नगरमा कस्को धेरै चर्चा ?
जिल्लाको सदरमुकाम रहेको रेसुंगा नगरपालिकामा स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट भुवन प्रसाद श्रेष्ठ, शालिक पन्थी,राजेन्द्र प्रसाद श्रेष्ठ, खिलध्वज पन्थी र श्रीप्रसाद भलामीको उम्मेदवारको रुपमा नाम चर्चामा रहेको छ ।

एमालेको तर्फबाट डिल्लीराज भुसाल, गणेश श्रीपाली, बालसिंह काउछा, जंग नेपालीको नाम चर्चामा छ । माओबादीबाट भने अशोक थापाको एकल नाम चर्चामा छ ।

हालै नयाँ संरचना अनुसार मुसिकोट नगरपालिकामा मुसिकोटमा कांग्रेसका तर्फबाट विष्णु सापकोटा, हिरामणि अर्याल, ज्ञानहरि सापकोटा र कृष्णहरि सापकोटाको नाम चर्चामा रहेको छ ।

मुसिकोटमा एमालेका तर्फबाट सोमनाथ सापकोटा, कमला शर्मा, हरि छन्तेल, जीवन खरेल र खड्ग केसीको नाम चर्चामा छ । माओवादीका तर्फबाट खुमबहादुर थापाको एकल चर्चामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्