सात महिनादेखि पेट्रोलको अभाव



विनोद सिंह विष्ट,बैतडी ।

जिल्लाको एकमात्र पेट्रोल पम्प बैतडीको सतबाँझमा रहेको भण्डारी आयल स्टोरमा ७ महिनादेखि पेट्रोल पाउन छोडेपछी उपभोक्ता भारतीय सीमावर्ती बजार झुलाघाट तथा बाहिरी जिल्लाबाट ल्याउन बाध्य भएका छन् ।

यसका साथै पेट्रोल नपाउँदा उपभोक्ता महंगो तथा मिसावट गरिएको पेट्रोल किन्न बाध्य भएका छन ।

बिगत ७ महिनादेखी पेट्रोल लिन पटक पटक पेट्रोल पम्पमा पुगेपनी रित्तै फर्कनु पर्ने बाध्यता रहेको स्थानीय लोकेश साउदले बताउनुभयो ।

पेट्रोलपम्पमा पेट्रोल नपाइएपछी बजारमा १ सय ५० रुपै लिटर पेट्रोल किन्नु पर्ने बाध्यता उहाँले भन्नुभयो “बजारमा किनेको पेट्रोल महंगो तथा मिक्स हुने भएकाले आफुहरुलाइ समस्या छ ।”

बैतडीमा आयाल स्टोर एकमात्र छ तैपनी पेट्रोल पाइदैन पेट्रोल ल्याउनको लागी पनी डडेल्धुरा, धनगडी जानुपर्ने बाध्यता रहेको अर्का मोटरसाईकल चालक महेश अवस्थीको भनाई रहेको छ ।

यसबारे भण्डारी आयाल स्टोरका सञ्चालक लाल बहादुर भण्डारीले पेट्रोलबाट आफुलाइ घाटाहुने गरेकाले पेट्रोल ल्याउन छोडेको बताउनुभयो । आफुसंग १२ हजार लिटरको एक टयांकरमात्र भएकाले डिजल ल्याउन ठिक्कै भएकाले समस्या भएको छ उहाँले भन्नुभयो “ आफुले पेट्रोलका लागी ट्यांकर किनेको भएपनी आयालनिगममै थन्कीएको छ ।”

अब आयाल निगम धनगडीमा गएर आवश्यक प्रक्रीया अघी बढाइरहेको उहाँले जानकारी दिनुभयो ।

यता प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले यसका लागी भण्डारी आयल स्टोरसंग छलफल गर्ने बताउनुभयो । आफुहरुले पेट्रोल पम्पमा किन पेट्रोल आउदैन भनेर छलफलमा बोलाएका छौ उहाँले भन्नुभयो “ केही दिनमै छलफल गरेर समस्या समाधानका लागी जिल्ला प्रशाशनले पहल गर्नेछ ।”

यसरी बैतडीमा ७ महिनादेखि पेट्रोल नपाउदा उपभोक्ता आक्रोशित हुनुका साथै सम्बन्धित निकायले उसका लागी पहल गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्