आर्मी र कोटेश्वर टिम च्याम्पियन



नेपाल समाचारपत्र
काठमाडौं
त्रिभुवन आर्मी क्लब र कोटेश्वर तेक्वान्दो डोजाङ चौथो नेकोस राष्ट्रिय तेक्वान्दो तथा जुनियर खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सोमबार टिम च्याम्पियन बनेका छन्।

आर्मी सिनियर तथा कोटेश्वर जुनियरतर्फ टिम च्याम्पियन बने। नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय तेक्वान्दो संघ नेपालद्वारा आयोजित प्रतियोगिताको सिनियरमा आर्मीले ६ स्वर्ण, १ रजत र ३ कांस्य जित्यो। २ स्वर्ण, ३ रजत र २ कांस्यसाथ आयोजक ‘ए’ टिम दोस्रो भयो भने १ स्वर्ण, १ रजत र ३ कांस्यसाथ मध्यमाञ्चलले तेस्रो स्थानमा चित्त बुझायो।

जुनियरमा टिम च्याम्पियन बन्न सफल कोटेश्वरले २ स्वर्ण हात पार्यो। १ स्वर्ण र १ कांस्य जितेको विजेश्वरी ज्ञान मन्दिर दोस्रो भयो। तेस्रो स्थानको दाङले १ स्वर्ण हात पार्यो।

प्रतिक्रिया दिनुहोस्