हुन्डाईका विजेतालाई पुरस्कार प्रदान



काठमाडौं, (नेस)
हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको हुन्डाई फेस्टिभ डिलाइट अफरका विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ। तीनकुनेस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा विजेताहरुलाई लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ तथा कन्ज्युमर आई नेपालकी अध्यक्ष बिमला खनालले पुरस्कार हस्तान्तरण गर्नुभयो।

सो अफर अनुरूप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको छुट र एक वर्षको निःशुल्क बीमा साथै सय जना विजेताले एक⁄एक तोला सुन र बम्परमा दुई जना भाग्याशाली विजेताले एक⁄एक थान हुन्डाई इलाईट आई ट्वान्टी र हुन्डाई क्रेटा जित्ने अवसर प्राप्त गरेका थिए।

उक्त अफरअन्तर्गत, कुपन नम्बर ११०१ का क्रिएटिभ टच गार्मेन्ट इन्डष्ट्रिज, नयाँ बजारंले हुन्डाई इलाईट आई ट्वान्टी प्राप्त गर्नुभयो। साथै कुपन नम्बर १७६८ का नेत्र बहादुर खड्का, धरानले हुन्डाई क्रेटा प्राप्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्