केन्द्र नतोकिदा समस्या



शिवहरीप्रसाद भट्टराई⁄राजविराज

मधेश केन्द्रित दलह्रूसँग सहमति नभएका कारण सप्तरीमा स्थानीय निर्वाचनको काम प्रभावित भएको छ।जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख महेशकुमार ठाकुरले दिएको जानकारी अनुसार स्थानीय राजनितिक दलसँग सहकार्य गरेर गर्नुपर्ने काम पुर्णतः प्रभावित भएको हो। निर्वाचनको समय नजिकिदै गएपनि मतदान केन्द्र निर्धारणको काम हुन नसकेको भन्दै उनले सहमतिमा भईरहेको ढिलाईले गर्दा मतदाता शिक्षाका लागि दिनुपर्ने समयसमेत कटौती गर्नुपर्ने वेला भएको वताए।

‘मतदाता नामावली तयार भएपनि मतदान केन्द्र नतोकिदा कुन मतदाताले कुन केन्द्रमा मतदान गर्ने भन्ने अन्यौल छ’ उनले भने–‘स्थानीय तह थपिदा मतदान केन्द्र समेत थप गर्नु पर्ने अवस्था आउन सक्छ, तर राजनितिक दलह्रू विच सहमति नजुटदा कसरी अघि वढने भन्ने अन्यौता कायम छ।’

सप्तरीमा हालको नयाँ स्थानीय संरचनामा कुनै कुनै वडामा मतदान केन्द्र नै नपरेको भएपनि त्यसको टुंगो नलागी सकेको उनले वताए। यसैगरी केहि संरचनागत त्रुटी भएकोमा त्यसलाई सच्याउने काम समेत अहिलेसम्म नभएको ठाकुरले जानकारी दिएका छन्।

उनका अनुसार जिल्लाको कञ्चनरूप् नगरपालिका वडा नं. ११ लाई कुनै पनि संरचनामा समावेश नगरिएको र पंसेरा गाविसको ८ र ९ नं. वडालाई खडक नगरपालिकाको ३ र ८ दुवै वडामा राखिएको छ। ‘संरचनागत त्रुटि माथिवाटै सच्याउनु पर्दछ’ उनले भने–‘यहाँवाट हामीले केहि गर्न सक्दैनौं।’

१ लाख ६० हजार ६ सय ८६ महिला, १ लाख ७० हजार ४ सय ५५ पुरुष र २१ तेश्रो लिङ्गि गरी कुल ३ लाख ३१ हजार ४ सय ६२ मतदाता रहेको सप्तरीमा ८ नगरपालिका र ९ गाउँपालिका कायम गरिएको छ। उता, सरकारले निर्धारण गरेको स्थानीय संरचनाको विरोध गर्दै मधेशी मोर्चाले जिल्लाभरीको स्थानीय निकायको कार्यालयह्रूमा तालावन्दी गरेको छ।

मोर्चाले निर्वाचन सम्वन्धि कुनै पनि काम नगर्न स्थानीय निकायलाई चेतावनी समेत दिएको संघिय समाजवादी फोरम नेपाल प्रदेश नं. २ का मुख्य सचिव शम्भु कुमार झाले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्