स्वराड पर्यटकिय स्थल बन्न सक्ने



नेपाल समाचारपत्र, बैतडी /

सडक सञ्जाल बिस्तारसंगै जिल्लाको तल्लोस्वराडमा रहेका थुप्रै धार्मिक तथा ऐतिहासिक स्थल प्रचारप्रसार गर्न सके पर्यटकिय स्थलका रुपमा समेत चिनाउन सकिनेछ ।

प्रकृति को भने बरदान को रुप चिनिने यो क्षेत्रमा देवी देवता को बास भएको र यो क्षेत्र देव भुमी रहेको बुढापाखाहरु को भनाई रहेको छ ।
यहाँ थुप्रै यस्ता धार्मिक एवम् पर्यटकिय स्थल हरु रहेका छन जुन धार्मिक एवम् पर्यटकिय स्थलहरु यो क्षेत्र को पहिचान बन्न सक्ने स्थानिय उदयदेवका स्थानिय बासिन्दा नरेन्द्र महताले बताउनुभयो ।
शिवनाथ मा शिव मन्दिर, मेलौली स्थित माता भगवती मन्दिर, आमचौरा सैलोडा स्थित कैलपाल मन्दिर जुन ऐतिहासिक धार्मिक स्थलहरु हुन र यहाँ वर्ष मा एक चोटी मेला पनि लाग्ने गर्दछ । यस्तै उदयदेव मन्दिर, देहिगाडा भगवती मन्दिर, खोलाकेदार मन्दिर लगायत रहेका छन ।

प्रतिक्रिया दिनुहोस्