शसस्त्र प्रहरीको जिप दुर्घटना हुँदा हवलदारको मृत्यु, डिएसपी गम्भीर घाईते



दुर्घटनाग्रस्त जीप

चिरञ्जीवी मास्के, दोलखा ।

दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर ७ सुनखानी झर्मासीमा सोमवार विहान शसस्त्र प्रहरीको हाईलक्स जीप दुर्घटनामा परी एक जनाको प्रहरीको मृत्यु भएको छ भने शसस्त्रका डिएसपी सहित दुई जना घाईते भएका छन् ।

शसस्त्र सुरक्षा बेस लामाबगरको हाईलक्स जीप सदरमुकाम चरिकोट आउने क्रममा दोलखा लामाबगर सडक खण्डको झर्मासीमा दुर्घटना हुदा जीपका चालक शसस्त्रका हवलदार सिन्धुपाल्चोक घर भएका मोहनबहादुर घिमिरेको मृत्यु भएको जिल्ला प्रमुख डिएसपी प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताए । जीप दुई सय मिटर तल खसेको जनाईएको छ ।

दुर्घटनामा परी शसस्त्रको सुरक्षा बेस लामाबगरका प्रमुख डिएसपी शम्भुजंग थापा र प्रहरी जवान शिव कसवार माझि घाईते भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । माथिल्लो तामाकोसी आयोजनाको सुरक्षार्थ रहेको सुरक्षा बेस लामाबगरका प्रमुख डिएसपी थापा सुरक्षा बैठकको लागि सदरमुकाम चरिकोट आउदै गर्दा दुर्घटनामा परेका थिए ।

घाईते दुबैजनालाई सिंगटीमा प्राथमीक उपचार पछि थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । डिएसपी शम्भुजंग थापाको टाउको र अनुहारमा गम्भीर चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्