चुनाव बिथोल्न सक्रिय बन्दै विप्लवका कार्यकर्ता



अनिल खत्री, गुल्मी ।

नेपाल कम्युनिष्ट पार्टी गुल्मीले चुनाव बिरोधी अभियान संचालन गरेको छ । सोहि अभियान अन्तरगत आइतबार जिल्लाका विभिन्न गाउँपालिकाका बोर्ड हटाएको छ । साथै केहि कार्यालयमा ताला लगाएर झण्डा समेत गाडेको पार्टीका जिल्ला सचिवालय सदस्य खिम खड्काले बताए ।

बैशाख ३१ गते हुने स्थानीय तहको चुनाव बहिष्कार गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टी गुल्मीले २४ चैत्र देखि चुनाव बहिष्कार र्चा टाँस्न शुरु गरेको थियो । नेपाल कम्युनिष्ट पार्टी गुल्मीले जिल्लाको मालिका गाउँपालिको अर्खबाङ कार्यालयमा झण्डा गाडेको छ । सामाजिक परिचालक कमल नेपालीका अनुसार सो पार्टीका कार्यक्रता एक्कासी आएर कार्यालयमा झण्डा गाडेर पर्चा पम्पेलेट टाँसेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी गुल्मीको चुनाव बिरोधी अभियान अन्तरगत मदाने गाउँपालिकाको वडा कार्यालयमा ताला लगाइएको छ । साथै बोर्ड च्यातेर कार्यालयमा पर्चा टाँसिएको स्थानीय बोम बहादुर कुवंरले बताए ।

साथै इलाका प्रहरी कार्यालय पुर्कोटका प्रहरी नायव निरिक्षक अशोक श्रीवास्तवका अनुसार गाउँपालिकाको कार्यालय केहि नभएपनि वडा कार्यालयको बोर्ड फुटालिएको छ भने कार्यालयमा उनीहरुले ताला लगाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी गुल्मीको जिल्ला सचिवालय सदस्य खिम खडकाले दिएको जानकारी अनुसार गुल्मी दरवार गाउँपालिका र चन्द्रकोट गाउँपालिमा पनि बोर्ड तोडफोड गरेर पर्चा टाँसिएको छ ।

उनले आफुहरुको केन्द्रिय अभियान अन्तरगत यो काम गरेका बताए । उनले वैशाख ३१ गते हुने स्थानिय तहको चुनावलाई प्रतिकार गर्दै आफ्नो पार्टीले गाउँ गाउँमा समानान्तर सरकार गठन गर्ने काम भैरहेको बताए ।

अहिलेको संसदीय व्यवस्थालाई खारेज गरी मुलुकमा वैज्ञानिक साम्यवादको व्यवस्था लागु गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्