नेपाल लाइफ इन्स्योरेन्सको स्मार्ट जीवन बीमा योजना



काठमाडौं, (नेस)
नेपाल लाइफ इन्स्योरेन्सले ‘स्मार्ट हुनुहोस, जिम्मेवार बन्नुहोस्’ भन्ने नाराका साथ ‘स्मार्ट जीवन बीमा’ योजना सार्वजनिक गरेको छ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंको प्रमुख आतित्थ्यतामा पोखरामा आयोजित एक कार्यक्रमका बीच उक्त नयाँ बीमा योजनाको औपचारिक शुभारम्भ गरिएको थियो। उक्त अवसरमा चापागाईंले नयाँ बीमा योजनाको सफलताको कामना गर्नु भई यसले आम जनताको बचत परिचालनमा सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो। साथै उक्त अवसरमा सो स्मार्ट जीवन बीमा योजनाको बीमित आफू पनि बन्ने घोषणासमेत गर्नुभयो।

कार्यक्रममा कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले समाजका हरेक वर्गका मानिस को चाहना बमोजिमका विभिन्न आकर्षक बीमा योजना तर्जुमा गरी आफ्ना ग्राहकलाई सदा उच्चतम र गुणस्तरीय बीमा सेवा प्रदान गर्ने कम्पनीको मुलभूत उद्धेश्य रहेको सन्र्दभमा नयाँ योजनाले समेत आम बीमितको मन जित्न सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले स्मार्ट जीवन बीमा योजनाका मुलभूत विशेषताका बारे प्रकाश पार्नु हुँदै यस बीमा योजनाले हरेक तह र तप्काका व्यक्तिलाई जीवन बीमामा समेट्ने गरी दैनिक १० रुपियाँमा १० लाख रुपियाँको जीवन बीमा गराउन सक्ने भएकाले जीवन बीमाको दायरा बिस्तारमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्