लागूऔषधसहित पक्राउ



काठमाडौं, (नेस)
महानगरीय प्रहरी वृत्त कालिमाटीले लामो समयदेखि अबैध लागूऔषधको कारोबारमा संलग्न कारोबारीलाई ठूलो नियन्त्रित लागूऔषधिसहित पक्राउ गरेको छ। प्रहरीले नियन्त्रित लागूऔषधिको कारोबारमा संलग्न रहेका टेकुका शुनिल श्रेष्ठ भन्ने कविन्द्र श्रेष्ठ, दिनेशबहादुर रानामगर, सिद्धार्थ श्रेष्ठलाई पक्राउ गरेको छ।

प्रहरीले उनीहरूको साथबाट डाइजोपाम, फुफिन, फेनरगन गरी ६ सय ५४ एम्पुलसहित पक्राउ गरेको छ। उनीहरू लामो समयदेखि सो कारोबारमा संलग्न रहेको जानकारी सो वृत्तका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो। उहाँले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने कार्यलाई तीव्र बनाएको र यसलाई अबका दिनमा अभियानकै रूपमा संचालन गरिने जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्