गण्डकीमा अर्याल र गुरुङको चर्चा



नेपाल समाचारपत्र
गोरखा
नीय निकायको निर्वाचनको मिति नजिकिएसँगै गोरखाका राजनीतिक दलहरू पनि निर्वाचन केन्द्रित कार्यक्रम गर्न सक्रिय भएका छन्। २० वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचन भएकाले पनि धेरै नेताहरूमा गाउँपालिकाको नेतृत्व सम्हाल्ने होड चलेको छ। जिल्लाको गण्डकी गाउँपालिकामा पनि अहिले विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता निर्वाचनको प्रचारप्रसारसँगै उम्मेदवार को भन्ने विषयमा चर्चा गर्न थालेका छन्।

जिल्लाको गण्डकी गाउँपालिकामा नेपाली कांग्रेसमा विशेष गरी दुई जनाको नाम चर्चामा रहेको छ। कांग्रेसका नेता भीमप्रसाद अर्याल र रेशम गुरुङमध्ये एक जना गाउँपालिकाको अध्यक्षको उम्मेदवार हुने नेपाली कांग्रेस स्रोतले बतायो।

अर्याललाई सोही गाउँपालिकाको वडा नम्बर २ बाट गाउँपालिकाको अध्यक्षको उम्मेदवारका लागि सर्वसम्मत प्रस्ताव लैजाने निर्णयसमेत गरिसकेको छ। कांग्रेसबाट गण्डकी गाउँपालिकाको उपप्रमुखमा ललिता अधिकारी र जानुका पन्तको नाम चर्चामा रहेको छ।

नेकपा एमालेमा गण्डकी गाउँपालिकामा अध्यक्षको उम्मेदवार बन्नलाई तीन जनाको नाम चर्चामा रहेको एमालेले जनाएको छ। एमालेबाट अध्यक्ष दलको लागि आकांक्षीहरू लेवेन्द्र गुरुङ, तोपमान श्रेष्ठ, विष्णु पन्त रहेका छन्। उपप्रमुखम पदमा महिलाहरू हुने तर कोकोले इच्छाएका छन् भनेर एमालेले बताएन।

नेकपा माओवादीले पनि अहिलेसम्म अध्यक्षको उम्मेदवार को बनाउने भन्नेबारे टुंगो लगाइसकेको छैन। केन्द्रबाट अध्यक्षका लागि दीपक तिमल्सिना, राजकुमार विक, अकुर तिमल्सिना, जीवन तमुको नाम चर्चामा रहेको छ। माओवादी स्रोतका अनुसार आकांक्षीमध्ये दीपक तिमल्सिना बलियो पात्र रहेको माओवादी स्रोतले बतायो।

त्यस्तै नयाँ शक्ति नेपालले पनि अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन। नयाँ शक्तिबाट कुमार तिवारी, भीम श्रेष्ठ, शिव रेग्मीको नाम चर्चामा रहेको छ। नयाँ शक्तिबाट उपप्रमुखमा दुर्गा गुरुङ, र सम्झना ढकालको नाम चर्चामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्