ट्र्याक्टर दुर्घटनामा दुई कामदारको मृत्यु



गौशाला, २७ चैत । महोत्तरी जिल्लाको रघुनाथपुर–५ मा आज ट्र्याक्टर दुर्घटनामा परी दुई कामदारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा श्रीपुर–८ बस्ने २० वर्षीय मुकेश दास र सोही गाविस–९ बस्ने १९ वर्षीय उदित यादव रहेको प्रहरी कार्यालय रघुनाथपुरले जनाएको छ । जिल्लाकै श्रीपुर कविलासाबाट रघुनाथपुरस्थित मरहा खोलामा बाँध बनाउनका लागि ज १त ३३८८ नंको ट्र्याक्टरमा तारजाली पु¥याएर फर्किने क्रममा रघुनाथपुर–५ गोबरहियामा ट्याक्टर पल्ँिटदा दुवैको सोही ट्र्याक्टरमा किचिएर घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब निरीक्षक झलक घिमिरेले बताउनुभयो ।

घटनापछि ट्र्याक्टरका चालक फरार छन् । प्रहरीले घटनास्थलमा पुगी कामदारद्वयको शव ट्र्याक्टरभित्रबाट निकालेर शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्