ओभरलोडमा अल्झिँदै औद्योगिक क्षेत्र उद्योगको संख्या बढ्दै, विद्युत् क्षमता यथावत



हेटौंडा, (नेस) चाहिने मात्रामा विद्युत् आपूर्ति नहुँदा हेटौंडा औद्योगिक क्षेत्रका उद्योगहरूले वर्षौंदेखि ओभरलोडको मार खेप्नु परिरहेको छ।

उद्योगको संख्या बढेसँगै थप विद्युत् आपूर्ति नहँदा करोडौंको नोक्सान बेहोरहनु परेको उद्योगीहरूले गुनासो गरेका छन्। २० मेगावाट विद्युत् आवश्यक रहे पनि तीन दशकदेखि ५ मेगावाट विद्युत्को भरमा देशकै ठूलो औद्योगिक क्षेत्रका उद्योग सञ्चालन भइरहेका छन्। २०२० सालमा स्थापना भएको औद्योगिक क्षेत्रले २०३९ सालदेखि पाँच मेगावाट विद्युत् प्राप्त गरेको थियो। त्यसयता करिब ८० वटा नयाँ उद्योग थपिए पनि थप विद्युत् आपूर्ति भने हुन नसकेको उद्योग संघ मकवानपुर अध्यक्ष नवराज अर्यालले बताउनुभयो।

उद्योगहरूले लोडसेडिङसँगै ओभरलोडको समस्या झेल्दै आएका छन्, उद्योग संघका अध्यक्ष अर्यालले भन्नुभयो – औद्योगिक क्षेत्रका सबै उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन करिब १५ मेगावाट विद्युत् चाहिन्छ। तर, विद्युत् आपूर्ति बढाइएको छैन।ु मागअनुसार विद्युत् आपूर्ति नहुँदा ओभरलोडका कारण उद्योगहरूले करोडौं रुपियाँ घाटा बेहोरिरहेको अर्यालले बताउनुभयो। विद्युत् आपूर्ति बढाउन सरकारले चासो नदेखाएका कारण वर्षौंदेखि ओभरलोडको समस्या झेल्नुपरेको ग्यासिका टक्सटाइल सञ्चालक बासु कार्कीले बताउनुभयो।

ुओभरलोडका कारण उद्योगहरूमा दैनिकजसो समस्या आउँछ, माग शुल्क लिए पनि हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापनले उद्योगको क्षमताअनुसार विद्युत् दिन सकेको छैन,ु कार्कीले भन्नुभयो( ुकेही महिनाभित्र करिब २५ वटा उद्योग थपिने तयारीमा रहेको औद्योगिक व्यवस्थापन कार्यालयले जनाएको छ। ती उद्योग थपिएपछि औद्योगिक क्षेत्रलाई करिब २० मेगावाट विद्युत् आवश्यक रहने बताइएको छ। औद्योगिक क्षेत्रमा थप विद्युत् ल्याउन २ वर्षदेखि काम भइरहे पनि अझै पूर्ण हुन सकेको छैन।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले १० मेगावाट विद्युत् आपूर्तिका लागि काम भइरहेको जनाएको छ। आपूर्ति बढाउन कमाने सबस्टेसनबाट बिजुली ल्याउने तयारी भइरहे पनि विद्युत् प्राधिकरणको ढिलासुस्तीका कारण पूर्ण हुन नसकेको औद्योगिक व्यवस्थापनको आरोप छ।

व्यवस्थापन कार्यालयका अधिकृत दीपकराज आचार्यले थप विद्युत् आपूर्तिका लागि १० प्रतिशतमात्र काम बाँकी रहेको बताउनुभयो। ुपोल र तारको काम सकिएको छ, ट्रान्सफर्मर पनि जडान गर्दैछौुं, उहाँले भन्नुभयो(ुएक महिनाभित्र थप विद्युत् आपूर्ति हुन्छ।ु १० मेगावाट बिजुली थपिएपछि प्राधिकरणले हाल दिइरहेको ५ मेगावाट बिजुलीले निरन्तरता पाए उद्योगलाई करिब विद्युत् पर्याप्त हुने अधिकृत आचार्यको दाबी। ु१० मेगावाट थपिएपछि पहिले दिइरहेको ५ मेगावाट बिजुली कटौती गर्ने भन्ने सुनिएको छ, त्यसो भयो भने समस्या उत्तिकै हुन्छ,ु उहाँले भन्नुभयो।

असोजभित्र थप विद्युत् आपूर्ति गर्ने लक्ष्य भए पनि विभिन्न समस्याका कारण सफल नभएको व्यवस्थापन कार्यालयले जनाएको छ। औद्योगिक क्षेत्रलाई पनि एउटा उद्योगको मान्यता दिएर प्राधिकरणले विद्युत् दिने गरेकाले ओभरलोडको समस्या हुने गरेको आचार्यले बताउनुभयो।

औद्योगिक क्षेत्रका एक सय १२ उद्योगमध्ये करिब सय उद्योग सञ्चालनमा छन्। बन्द हेटौंडा कपडा उद्योगको खाली जग्गामा स्थापना गरिएको नयाँ औद्योगिक क्षेत्रमा २५ उद्योग स्थापना हुने क्रममा रहे पनि विद्युत् समस्याले उद्योगीहरू निराश हुनुपरेको छ।

प्रतिक्रिया दिनुहोस्