मूर्ति चोर प्रहरीको फन्दामा



नरेन्द्र केसी, दाङ ।

दाङमा प्रहरीले बहुमूल्य गौतम बुद्धको मूर्ति बरामद गरेको छ । अपराध नियन्त्रण तथा तस्करी समेत नियन्त्रण बिशेष अभियानअन्तरगत तुलसीपुर उपमहानगरपालिका ३ हर्नेटीबाट सुनको जस्तो देखिने पुरातात्विक बुद्धको मूर्ति बरामद गरिएको हो ।

 

बहुमूल्य सुनको गौतम बुद्धको मुर्तिको कारोबार भइरहेको भन्ने सूचनाको अनुसन्धान गर्दा यस्तो सफलता प्राप्त भएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक धिरतप्रताप सिंहले जानकारी दिनुभयो ।
बुद्धको मूर्तिसहित यसका कारोवारी चार जना अभियुक्तलाई पक्राउ परेको पनि प्रहरीले जनाएको छ । जसअनुसार सल्यानको कपुरकोट ५ बस्ने बर्ष ४० को खडक केसी, सोही ठाउँका ५२ बर्षे खेमलाल केसी, सल्यान सिनवाङ ४ बस्ने ४३ बर्षे छविलाल भण्डारी र रोल्पा गैरीगाउँका ३७ बर्षे तुलबहादुर बुढा पक्राउ परेका छन् ।

चोर छोप्न गोली चलायो प्रहरी

उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । केही व्यक्तिले मूर्तिको कारोवार गरिरहेको अवस्थामा फेला पारेर शरीर समेत खानतलासी लिन खोज्दा डिउटीमा खटिएको प्रहरी टोलीमाथि अभियुक्तहरुले खुकुरी प्रहार गर्न खोजेपछि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ ।
अभियुक्तहरुले आक्रमण गर्न खोज्दा प्रहरीले आफ्नो आत्मरक्षाको लागि प्रहरीले चार राउण्ट गोली चलाउनुरेको प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो । गोली प्रहारबाट मूर्ति गिरोहका नाइके छविलाल भण्डारीको बाँया खुट्टाको पिरौलामा गोली लागेको प्रहरीले जनाएको छ । उनीहरुका साथबाट बुद्धको मूर्ति, खुकुरी थान दुई थान बरामद गरिएको प्रहरील जनाएको छ । पक्राउ परेकाहरु पुरातात्विक मूर्तिो चोरी गरी कारोबार गर्ने पेशामा संगल्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
सुनको जस्तो देखिने पुरातात्विक मूर्ति रहेको प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो । गौतम बुद्धको मुर्तिको तौल ९ किलो २०० ग्राम रहेको छ भने यसको उचाइँ १० इञ्च रहेको छ ।

प्रतिक्रिया दिनुहोस्