जनमतद्धारा १० सर्जकहरुको सम्मान



मोतीराम तिमल्सिना, काभ्रे ।

जनमत वाङमय प्रतिष्ठान नेपालले शनिबार बनेपामा ३३ औ बार्षिकोत्सव तथा १० जना सर्जकहरुको विभिन्न विद्याबाट सम्मान गरेको छ ।
नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ ‘सरुभक्त’ले सर्जकहरुलाई सम्मान गर्नुभएको थियो । संगित, नाटक र अनुसन्धानका क्षेत्रमा पुर्वाधार निर्माण नभएकाले त्यसका लागि प्रतिष्ठानले तयारी गरिरहेको उहाँले बताउनु भयो ।

आधारभुत संरचनाहरु निर्माण हुन नसक्दा देशभरका संगितकर्मी र नाट्यकर्मी तथा साहित्यकर्मीहरु समेत आफ्नो प्रतिभा प्रस्तुत हुन नसकिरहेको उहाँले बताउनु भयो ।

निरन्तर ३३ वर्षसम्म जनमतले आफ्नो निरन्तरता दिएर देशभरका साहित्यीक क्षेत्रका ब्यक्तिहरुलाई खुराक दिन सकेकोमा सरुभक्तले जनमत वाङ्गमय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालाई धन्यवाद दिए । जनमतले हालसम्म १ सय २० वटा किताव प्रकाशन गरेको छ भने १ सय ३९ जना साहित्यीक ब्यक्तिहरुलाई सम्मान गरिसकेको छ ।

जनमतले ह्दयचन्द्र बरिष्ठ जनमत साधक सम्मान शान्ता श्रेष्ठ, जनमत केदार÷सुर्दशना बाल साहित्य सम्मान विजय चालिसे, दीपा जनमत सम्मान डा. शैलेन्दुप्रकाश नेपाल, गणेश÷खिलकुमारी दुवाल जनमत सम्मान डा. चन्द्रमान बर्जाचार्य, भारती जनमत साहित्यीक पत्रकारिता सम्मान गंगा सुवेदी, कमला सैजु जनमत सम्मान ललिता दोषी, जनमत महेन्द्रलाल कलाकार सम्मान सरिता डंगोल, जनमत जनक सेवा सम्मान गोविन्दबहादुर थापा, केवलपुरे जनमत सम्मान कमला रिसाल ‘ज्योती’ र जनमत राजभाई सहयात्री सम्मान शारदाप्रसाद पहाडीलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्