मिर्गौला प्रत्यारोपण भएकाहरु बिच खेलकुद प्रतियोगिता



पुष्कर बुढाथोकी, भक्तपुर ।
मानव अंग प्रत्यारोपण केन्द्र तथा आरोग्य प्रतिष्ठानको संयोजकत्वमा यही चैत्र ३१ गते र आगामी वैशाख १ गते आठौं नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिताको आयोजना हुने भएको छ ।
केन्द्रमा आयोजना गरेको पत्रकार सम्मेलनमा मिर्गौला प्रत्यारोपण गरेका मानिसहरु अन्य सरह नै स्वस्थ्य रहन सक्छन् भन्ने सन्देश प्रवाह गर्ने उदेश्यले हरेक नयाँवर्षमा आयोजना गरिने प्रतियोगितामा यसवर्ष राजधानी मै हुने जानकारी गराएको हो ।
प्रतियोगितामा ५०० जना अंग प्रत्यारोपित व्यक्ति र दाता तथा अन्य गरी करिव १००० जनाको सहभागिता रहने मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्