हात्तीभन्दा हल्ला ठूलो



हात्तीभन्दा हल्ला ठूलो भन्ने भनाइ निकै चर्चामा छ। काम सिन्को नभाँच्ने गफ ठूला गर्ने त राजनीतिको धर्म र परम्परा नै हो। अहिले निर्वाचनको चटारो छ। मधेसी मोर्चाको धम्की र घुर्की कायम नै छ। सत्ता पक्ष र प्रतिपक्षको किचलो छँदै छ। बीस वर्षपछि स्थानीय तहको निर्वाचन हुँदै छ।

सबैको सहभागिता गराउन सके निकै राम्रो कुरो हो। तर त्यतातिर सरकार र दलहरूको ध्यान तानिएको छ। सधंैको तन र मन सरकारतिर छ। भाग पाइन्छ कि पाइँदैन। म प्रधानमन्त्री हुन्छु कि हँुदिनँ? म मन्त्री हुन्छ कि हुँदिनँ? संविधानको चिन्ता पनि राजनीतिक दलहरूलाई छैन।

अहिले कहीं नभएको जात्रा हाँडी गाउँमा भनेझैं। उपप्रधानमन्त्रीमा को ठूलो भन्ने जात्रा जारी छ। उपप्रधामन्त्रीमा पहिलो को भन्ने होडबाजी चलेको छ। राम्रो काम कसले गर्ने भन्दा पनि को पहिलो हुने भन्ने लिगलिगे दौड शुरू भएको छ।

एकातिर कमल थापा म त थापाकाजी भनेर कुर्लिएका छन् भने अर्कोतिर ठूलो दल हुनुको नाताले भन्दै विमलेन्द्र निधि आफूले पाउनुपर्ने धम्की दिइरहेका छन्।

दुई उपप्रधानमन्त्रीको रस्साकस्सीले मन्त्रिपरिषद् बैठक नै बस्न नसक्नु यो कस्तो जात्रा हो प्रधानमन्त्रीज्यू? कि कसो त पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्