घर वनाउन छाडेर चुनावी अभियानमा भूकम्प पिडीत



नेपाल समाचारपत्र, रसुवा ।

भूकम्पले ढलेको घर वन्ने तयारीमा रहेको वेलामा चुनावको मिति घोषणा गरिएपछि भूकम्प प्रभावित पनि घर वनाउने काम थाती राखेर चुनावी अभियानमा जुटेका छन् ।
१९ वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा योग्य प्रतिनिधि छानेर गाँउमा विकास निमार्ण ढोका खोल्ने योजनाका साथ राजनैतिक दल भन्दा पनि स्थानीय वासी छलफलमा व्यस्त देखिन्छन् ।
चुनाव नभए कै कारण पुर्ननिमार्णले गति लिन नसकेको, गाँउमा विकासको पु्र्वाधार निमार्ण हुन नसकेको, सामान्य कामका लागि पनि सदरमुकाम नै जानुपर्ने अवस्थाका कारण आजित भएका जनता अव हुने चुनावले यि सवै समस्याको समाधान हुनेमा ढुक्क छन् ।
विस्थापितलाई घर फर्कन भन्दा भोट हाल्न हतार
भूकम्पका कारण हाकु, ठुलोगाँउ र डाँडागाँउबाट विस्थापित भएर जिल्लाको विभिन्न स्थानमा वसिरहेका भूकम्प प्रभावित घर फर्कन भन्दा पनि नजिकिदै गरेको चुनावमा भोट हाल्न हतार गरिरहेका छन् ।
भूकम्प पछि गाँउमा सुख्खा पहिरो झर्न थालेपछि गाँउ घर छाडेर विस्थापित भएको पिडा त छँदैछ तै पनि चुनाव जित्नेहरुले प्रभावितका लागि विशेष योजना ल्याउछन् भन्ने आशामा घर फर्कने योजना थाती राखेर चुनावमा भोट हाल्न हतार गरेका हुन् ।
प्रभावितले यसअघिको जस्तो फिल्मी शैलीमा गाँउमा भोट माग्न आउने र त्यसपछि वेपत्ता हुने खालका नेता भोट माग्न आए भोट नै नदिने अभियान गाँउमा चलाउन थालेको हाकुकी याङ्जेन तामाङले वताउनुभयो ।
भूकम्प गएको २३ महिना वित्न लाग्दा समेत सरकारले पुर्नवास गर्न नसके पछि गाँउमै चयन गरेको नेताले केही गर्छन की भन्ने विस्थापितमा आशा छ । त्यसका लागि सक्षम, दुरदर्शी र गाँउमा विकासको योजना ल्याउने खालको प्रतिनिधि छान्नका लागि प्रभावितले अभियान नै सुरु गरेका छन् ।

काभ्रे चण्डेनीमण्डनमा आलु खन्न बारीमा पुगेका अभिभावकसँग रमाउँदै बालबालिका । घरमा हेरालु नहुँदा उनीहरुले बालबच्चाहरुलाई पनि यसरी नै मेलापातमा सँगै लैजाने गरेका छन् ।
यता जिल्लामा क्रियाशिल राजनीतक दल कार्यकर्ता भेला, घरदैलो अभियान र उम्मेदवार छान्न व्यस्त छन ।
भूकम्प गएको २३ महिना वित्दा समेत गाँउ नगएका जिल्लास्तरका नेता तथा कार्यकर्ता चुनावको लागि भने गाँउको कुनाकुना पुग्न थालेका छन् ।
भूकम्पले ढलेका घर उठाउने, विस्थापितलाई पुर्नवास गर्ने, पैसाको आडमा चुनाव जित्नेले काम नगर्ने भएकाले सक्षम प्रतिनिधि छान्नुपर्ने भन्दै भुकम्प पिडीत चुनावि प्रचार प्रसार थालेका हुन् ।
विशेषगरी जिल्लामा क्रियाशिल रहेका नेकपा एमाले, नेकपा माओवादी, नेपाली कांग्रेस र नँया शक्ति पार्टी नेपालले पाँच वटै गाँउपालिकामा पार्टी कार्यालय स्थापना गरेर कार्यकर्ता भेला र घरदैलो अभियानमा लागेका हुन् ।
पार्टीहरुमा स्थानीय तहको चुनावमा उठ्नका लागि आकांक्षी धेरै देखिएकाले जनताको मन जित्न सक्ने प्रतिनिधि उठाउनका लागि आन्तरिक गृहकार्य भैरहेको नेताहरुले वताएका छन्

प्रतिक्रिया दिनुहोस्