साइक्लिङ रेसमा प्रकाश पहिलो



नेपाल समाचारपत्र
नेपालगन्ज
पश्चिम नेपालमा पहिलो पटक आयोजना भएको नेपालगन्ज साइकल रेसको उपाधि प्रकाशबहादुर बोहराले शुक्रबार जितेका छन्।

स्थानीय गणेशमान चोकदेखि शुरू भई गनापुर पुगी धम्बोजी चोकमा पूरा भएको १५ किलोमिटर दूरीको रेसमा गोविन्दप्रसाद रिजाल दोस्रो, गगनसिंह थापा तेस्रो भए।

प्रकाशले उक्त दूरी ३० मिनेट, गोविन्दले ३२ मिनेट तथा गगनले ३३ मिनेटमा पूरा गरेका थिए।

‘विविधता, नेपालगन्जको मौलिकता ः शान्ति, सद्भाव र समृद्धितर्फको यात्रा’ मूल नाराका साथ भएको नेपालगन्ज महोत्सवअन्तर्गत आयोजित साइक्लिङ प्रतियोगिताका शीर्ष ३ स्थान हासिल गर्नेलाई क्रमशः ४० हजार, २५ हजार र १५ हजार मूल्य बराबरका माउन्टेन बाइकले पुरस्कृत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्