मुम्बईलाई पुनेले हरायो



मुम्बई, (एजेन्सी)

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति भएको खेलमा राइजिङ पुने सुपरजाइन्टले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रनको विशाल योगफल तयार गरेको थियो। टोलीका लागि मिडल अर्डरमा केभिन पोलार्ड र हार्दिक पान्डेले इनिङ्स सम्हालेपछि मुम्बई बलियो स्कोरमा पुगेको थियो। पुनेका लागि इमरान ताहिरले ३ विकेट लिए।

जवाफमा ब्याटिङ गरेको पुने सुपरजाइन्टले कप्तान स्टिभ स्मिथको उत्कृष्ट इनिङ्सको मद्दतमा ३ विकेट गुमाउँदै १ बल बाँकी राखेर जित दर्ता गर्यो। स्मिथले अन्तिम ओभरको चौथो र पाँचौं बलमा छक्का प्रहार गर्दै टोलीलाई रोमाञ्चक जित दिलाएका थिए।

ओपनर अजिन्क्य रहाणेले ३४ बलमा ३ छक्का र ६ चौकाका साथ ६० रन बनाए भने स्मिथ ५४ बलको सामना गर्दै ३ छक्का र ७ चौकासहित ८४ रनमा नटआउट रहेका थिए। महेन्द्र सिंह धोनी १२ रनमा नटआउट रहेका थिए।

प्रतिक्रिया दिनुहोस्