दुईपक्षबीच कडा प्रतिस्पर्धा



नेपाल समाचारपत्र
काठमाडौं

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५१औं वार्षिक साधारणसभा चैत २८ र २९ गते हुँदैछ। साधारणसभाबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्वसमेत चुनिने भएपछि साधारणसभालाई थप महŒवका साथ हेरिएको छ।

महासंघको विधान संशोसनमा अध्यक्षमा स्वतः वरिष्ठ उपाध्यक्ष जाने निर्णय भएपछि यस वर्षबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षलगायत सदस्यहरू चयन हुनेछन्। संशोधित विधानअनुसार महासंघको नेतृत्व हालकी वरिष्ठ उपाध्यक्ष भवानी राणा स्वतः अध्यक्ष हुनुहुनेछ।

महासंघसंँग आबद्ध सानाठूला उद्योगी व्यवसायीहरू काठमाडांैमा जम्मा हुन थालेका छन्। उम्मेदवारी घोषणापछि व्यवसायीसँग भोट माग्न दिनहुँजस्तै रात्रीभोज आयोजना गरिएका छन्। महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छा र किशोरकुमार प्रधान समूहले प्यानल घोषणा गरेर चुनावी मैदानमा उत्रिएका छन्। गोल्छा समूहले बालुवाटारको परेली ब्याङ्केट र प्रधान समूहले बत्तिसपुतलीस्थित अनुपम फूडल्यान्डमा सम्पर्क कार्यालय स्थापना गरेका छन्।

दुई पक्षले स्पष्ट प्यानल घोषणा गरेपछि महासंघमा आबद्ध सदस्यलगायत पूर्वअध्यक्ष पनि दुई खेमामा विभाजित भएका छन्। हालको कार्यसमितिमा गोल्छा एसोसिएटतर्फ र प्रधान जिल्ला तथा नगरतर्फबाट उपाध्यक्ष हुन्। सहमतिका लागि अन्तिम समयसम्म पनि प्रयास गर्ने भन्दै वर्तमान अध्यक्ष पुशपति मुरारकाले सक्रिय हुनुहुन्छ। तथापि, हालसम्म सकारात्मक परिणाम भने आएको छैन त्यसैले महासंघका ६४ पदका लागि ११२ जनाले चुनावी प्रतिस्पर्धामा देखिएका छन्।

यसपटक करिब १४ सय जना मतदाता रहेको महासंघले जनाएको छ। यसपटक वरिष्ठ उपाध्यक्षको निर्वाचन पूर्वअध्यक्षहरूको प्रतिष्ठानको लडाइँ भएकाले सहमति जुट्न नसकेको व्यवसायीहरूको भनाइ छ। गोल्छालाई पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ, चण्डीराज ढकाल तथा प्रधानलाई कुशकुमार जोशी, सुरज वैधले समर्थन गरेका छन्।

शेखर गोल्छा समूह

हाम्रो लक्ष्य आर्थिक समृद्धि भन्ने नाराका साथ निर्वाचनमा उत्रिएको यस समूहबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी दिएका छन्। यद्यपि, ढकाल निर्विरोध निर्वाचित हुनु भएको छ ।

हालको कार्यसमितिमा वस्तुतर्फको उपाध्यक्ष रहनुभएका दिनेश श्रेष्ठले जिल्ला तथा नगरतर्फको उपाध्यक्षका लागि उम्मेदवारी दिनुभएको छ। अशोका कार्बन एन्ड एलाईड इन्डस्ट्रिज कम्पनीका सञ्चालक श्रेष्ठ नेपाल स्टेशनरी एन्ड एडुकेसन म्याटिरियल्स इन्डस्ट्रिज एशोसियसनसँग पनि आबद्ध हुनुहुन्छ।

उमेशलाल श्रेष्ठ नेपाल औषधि उत्पादक संघबाट प्रतिनिधित्व गर्र्दै हुनुहुन्छ। श्रेष्ठको क्वेष्ट फर्मास्युटिकल्स नामक औषधि कम्पनी छ। बैंक र रेमिट्यान्स क्षेत्रबाट प्रतिनिधित्व गर्ने चन्द्रप्रसाद ढकाल आईएमई समूहको अध्यक्षका हुनुहुन्छ। त्यस्तै गोल्छा समूहबाट कोषाध्यक्षका लागि ज्ञानेन्द्रलाल श्रेष्ठलाई अगाडि सारिएको छ। जलविद्युत् उद्यमी प्रधानले एसोसिएटबाट सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ।

महासंघको विधानअनुसार निर्वाचित सदस्यलाई कार्यसमितिले कोषाध्यक्षमा चयन गर्ने भएकाले प्रधानलाई अहिले नै सो पदमा अगाडि सारिएको हो। तर, प्रधान पहिला सदस्यमा निर्वाचित हुनुपर्छ।

किशोरकुमार प्रधान समूह
सक्षम नेतृत्व, सशक्त संगठन, हाम्रो अभियान भन्ने नाराका साथ प्रधान समूह चुनावी मैदानमा छ। एसोसिएटतर्फको उपाध्यक्षमा उम्मेदवारी दर्ता नगराएको यस समूहबाट जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा प्रमोद श्रेष्ठ र वस्तुगततर्फको उपाध्यक्षमा शंकरप्रसाद पाण्डेले उम्मेदवारी दिनुभएको छ। हालको कार्यसमितिमा लोकल इकोनोमिक डेभलपमेन्ट प्रमुख रहनु भएका प्रमोद श्रेष्ठ यसअघि म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्ष हुनुहुन्थ्यो। त्यस्तै शंकरप्रसाद पाण्डे नेपाल पस्मिना इन्डस्ट्रिज एसोसिएसनसँग आबद्ध हुनुहुन्छ। उहाँको सगरमाथा सिल्क नामक कम्पनी छ।

पाँच जना निर्विरोध
एसोसिएटतर्फको उपाध्यक्षसहित ५ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। एसोसिएटतर्फको उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल, प्रदेश नम्बर ३ बाट कमल कुमार श्रेष्ठ, प्रदेश नम्बर ५ बाट भीम बहादुर थापा क्षेत्री, संस्थापक सदस्यको तर्फबाट अविनाश बोहरा र द्विराष्ट्रिय उद्योग वाणिज्य संघमा अजय मुडभरी निर्विरोध हुनुभएको हो।

यसवर्षदेखि प्रदेशगत सदस्य
यसअघि अञ्चलबाट सदस्य हुने गरेकोमा मुलुक संघीय संरचनामा गएपछि यसवर्षदेखि त्यो हटेको छ। पुरानो संरचनामा हेरफेर गर्दै प्रदेशगत र भौगोलिक प्रतिनिधित्व गराउन प्रत्येक प्रदेशबाट १ जना कार्यकारी सदस्य निर्वाचित हुने व्यवस्था महासंघले गरेको छ।

महासंघमा पनि अब तहगत प्रशासनिक संरचना निर्माण हुने देखिएको छ। यसअघि प्रत्येक जिल्लाका उद्योग वाणिज्य संघ, नगर संघ र अञ्चल संघ महासंघको शाखाको रुपमा रहेकोमा अब प्रदेश संघको शाखामा रुपान्तरित हुने देखिएको छ। महासंघ, प्रदेश संघ, र जिल्ला संघमा अब कार्य विभाजन र शक्तिको बाँडफाँड पनि हुनेछ। तर, अञ्चलगत प्रदेश के गर्ने भन्ने स्पष्ट कार्यनीति भने महासंघले अझै ल्याउन सकेको छैन।

मुलुकमा संघीयता आएसंँगै महासंघको प्रशासनिक संरचनामा पनि तालमेल देखिनु जरुरी छ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार

शेखर गोल्छा
किशोरकुमार प्रधान
जिल्ला तथा नगरतर्फको उपाध्यक्षका उम्मेदवार
दिनेश श्रेष्ठ
प्रमोद श्रेष्ठ
वस्तुगततर्फको उपाध्यक्षका उम्मेदवार
उमेशलाल श्रेष्ठ
अनुपबहादुर मल्ल
शंकरप्रसाद पाण्डे
एसोसिएटतर्फको उपाध्यक्ष
चन्द्रप्रसाद ढकाल (निर्विरोध)
प्रदेश नम्बर १ तर्फका उम्मेदवार
मित्रप्रसाद काफ्ले (पाँचथर), रोहितप्रसाद प्रसाई (इटहरी), लालचन्द गोंगुवा तामाङ (धनकुटा)
प्रदेश नम्बर २ तर्फका उम्मेदवार
विजयकुमार साह (महोत्तरी), गणेश प्रसाद लाठ (वीरगन्ज),
प्रदेश नम्बर ३ तर्फका उम्मेदवार
कमलकुमार श्रेष्ठ (सिन्धुपाल्चोक निर्विरोध)
प्रदेश नम्बर ४ तर्फका उम्मेदवार
बाबुराम गिरी (लेखनाथ उद्योग वाणिज्य संघ), निर्माणकुमार श्रेष्ठ (बाग्लुङ)
प्रदेश नम्बर ५ तर्फका उम्मेदवार
भीमबहादुर थापा क्षेत्री (नवलपरासी निर्विरोध)
प्रदेश नम्बर ६ तर्फका उम्मेदवार ः
शान्तिप्रसाद शर्मा (दैलेख), लंकमान रोका (डोल्पा)
प्रदेश नम्बर ७ तर्फका उम्मेदवार ः
देवबहादुर रोकाया (बाजुरा), डम्बर बहादुर भण्डारी (डोटी), माधवप्रसाद भट्ट (कञ्चनपुर), प्रकाशबहादुर साउद (डडेलधुरा)
द्विराष्ट्रिय उद्योग वाणिज्य संघमा
अजय मुडभरी, (नेपाल–थाइल्यान्ड उद्योग वाणिज्य संघ निर्विरोध)
संस्थापक सदस्यबाट
अविनाश बोहरा, (मोरङ व्यापार संघ निर्विरोध)
जिल्ला तथा नगरतर्फको संख्या १८ मध्ये
कृष्णप्रसाद श्रेष्ठ (अर्घाखाँची), सुदर्शन कार्की (दोलखा), दीपक लम्साल (स्याङ्जा), राजन श्रेष्ठ (नुवाकोट), सुरकृष्ण श्रेष्ठ (काभ्रे), चन्द्रकान्त अधिकारी (धादिङ), राजकुमार न्यौपाने (मकवानपुर), मनिषलाल प्रधान (ललितपुर, कृष्णप्रसाद शर्मा (सिद्धार्थनगर), दिलसुन्दर श्रेष्ठ ( धुलिखेल), निरक केसी (सुर्खेत), राजेन्द्रकुमार श्रेष्ठ (सिन्धुपाल्चोक), देवकुमार श्रेष्ठ (तनहुँ), कृष्णप्रसाद श्रेष्ठ (नेपालगन्ज), किशोरकुमार आचार्य (रोल्पा, धु्रवराज श्रेष्ठ (दाङ), उमेश डालमिया (झापा), सुरेन्द्रप्रसाद श्रेष्ठ (बुटवल), भुवनलाल श्रेष्ठ (मकवानपुर) उम्मेदवार छन्।
कल्पना गैरे (डडेलधुरा), निर्मलकुमार चौधरी (जनकपुर), गजेन्द्रकुमार भगत (त्रियुगा), लोकविक्रम थापा (कञ्चनपुर), मनोजकुमार मुन्दडा (सप्तरी), कल्याण जोशी (चितवन), सुशीला सापकोटा (इलाम), दीपेन्द्रकुमार खत्री (तुलसीपुर), पशुपतिबहादुर खड्का (रामेछाप), नरवीर रावत (मुगु)

वस्तुगततर्फको सदस्य संख्या १४ मध्ये

कमला श्रेष्ठ (सौन्दर्यकला), हेमरत्न शाक्य (हस्तकला), अञ्जन श्रेष्ठ (नाडा), लोकनाथ गैरे (फ्लोरिकल्चर), जयप्रसाद शिवाकोटी (भन्सार एजेन्ट), सन्दीपकुमार अग्रवाल (वनस्पति घ्यू), हेमराज ढकाल (चिया उत्पादक), विनोद ढकाल (क्यान), सुरज बज्राचार्य (कपडा), सुनीलगोपाल श्रेष्ठ (मसलन्द), सुरेन्द्रकुमार श्रेष्ठ (निर्यात), खेमराज पन्त (कुरियर), रवीनकुमार श्रेष्ठ (फुटवेयर), भक्तबहादुर हमाल (रसायन), आकाश अधिकारी (चलचित्र निर्माता), चण्डीप्रसाद अर्याल (तयारी पोशाक), नरेशलाल श्रेष्ठ (ऊनी फेल्ट), हेमराज बडाल (पशुपंक्षी औषधि), डा तिलचन्द्र भट्टराई (दाना), शिवप्रसाद घिमिरे (एलपी ग्यास), हंसराज वाग्ले (वैदेशिक रोजगार), गोविन्द घिमिरे (हर्बल), सन्तोष श्रेष्ठ (विज्ञापन), तुलसीराज गिरी (मत्स्य), सकुन्तलाल हिराचन (निर्माण), दीपकबहादुर शाही (सौर्य विद्युत्), प्रकाशसिंह कार्की (फ्रेट फरवार्डर्स)

एसोसिएटतर्फको सदस्य संख्या १९ मध्ये

अनिलकुमार केडिया (यति फेब्रिक्स), मनिषकुमार अग्रवाल (लुम्बिनी चिनी), भरतराज आचार्य (टीएसएन प्लाफ्टकेयर), कृष्णप्रसाद दुलाल (पीएलओ), प्रवलजंग पाण्डे (लोमस फर्मास्युटिकल्स), साहिल अग्रवाल (जगदम्बा स्टिल), रामचन्द्र संघाई (त्रिवेणी स्पिनिङ), रामकृष्ण प्रसाई (शिखर सुज), भेषराज अर्याल (खिलुङ कालिका एजुकेसनं), प्रकाश गिरी (पद्म टि), गोपाल खनाल (मेगा कलेज), ज्योत्सना श्रेष्ठ (सयपत्री ज्वेलर्स), ज्ञानेन्द्रलाल प्रधान (हाइड्रो सोलुसन्स), ओमबहादुर राजभण्डारी (बृहत् इन्भेष्टमेन्ट), राजेशकुमार अग्रवाल (सिद्धार्थ पेन्ट), बासुदेवप्रसाद गौतम (ओम निटिङ), शंकर श्रेष्ठ (बुटवल ग्यास), शक्तिकुमार वेगानी (नन्दन घ्यू), अशोककुमार टेमानी (एस इन्टरनेसनल), सौरभ ज्योति (भाजुरत्न इन्जिनियरिङ), रामशरण थपलिया (सफिसियन्ट कार्गाे), रञ्जितराज आचार्य (निलबाराही फिल्म), सुनील नारायण श्रेष्ठ (नारायण इन्डष्ट्रिज, आनन्दकुमार बगरिया (प्रोवायोटेक), नारायण बजाज (ग्लोबल एजुकेसन), विजयसिंह वैद्य (सालिमार सिमेन्ट), उदीप श्रेष्ठ (पञ्चकन्या स्टिल), अशोककुमार तोदी (हनुमान मेटल्स), मंगेशलाल श्रेष्ठ (कास टे«डिङ), शिशिरकुमार भट्ट (बीबी एयरवेज), अखिलकुमार चापागाईं (अखिल ट्रेडिङ) उम्मेदवार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्