डोटीमा भरुवा बन्दुक मात्रै बुझाए



विमल विष्ट, दिपायल ।

डोटीमा स्थानीय प्रशासनले इजाजतपत्र प्राप्त हातहतियार स्थानीय प्रहरी कार्यालयमा बुझाउन आग्रह गरे पछि अहिले १६ थान हातहतियार बुझाएका छन् ।

स्थानिय प्रशासनले सूचना प्रकाशन गरी गत बैसाक १५ गते भित्र स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरुपमा इजाजतपत्र प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैको सूचना जारी गरेको छ ।

सूचना जारी भएपछि प्रहरीमा भरुवा बन्दुक मात्र बुझाएको डोटीका निमित्त प्रमुख जिल्ला धिकारी केशब लामिछानेले बताउनु भयो । डोटीमा विभिन्न किसिमका दजर्नौ थान बन्दुकलाई निजी प्रयोजनका लागि आफनो सुरक्षार्थ लाइसन्स दिइएको प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ जसमध्ये सबैभन्दा बढी १२ बोर रहेका छन् । तर ति १२ बोरका हतियार अहिले सम्म कसैले पनि नबुझाएको निमित्त प्रमुख जिल्ला अधिकारी लामीछानेले बताउनु भयो ।
पहिलो चरणमा सूचना जारी भई म्याद सकिए पनि हालसम्म कसैले पनि १२ बन्दुक नबुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिल्लीाज विष्टले जानकारी दिनु भयो ।

डोटीमा आसन्न स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ अनुसार विभिन्न व्यक्तिसँग रहेका हातहतियार प्रहरीमा बुुझाउन स्थानीय प्रशासनले सूचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्