अन्तर्राष्ट्रिय महिला तेक्वान्दोमा आर्मी च्याम्पियन



नेपाल समाचारपत्र
काठमाडौं
प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल आर्मी च्याम्पियन बनेको छ। ६ स्वर्ण, दुई रजत तथा एक कास्य पदक हात पार्दै आर्मी च्याम्पियन बनेको हो। दुई स्वर्ण र दुई कांस्यसहित सशस्त्र प्रहरी बल (एपिएफ) दोस्रो भयो। त्यस्तै एक स्वर्ण, दुई रजत र दुई कास्य पदक जितेर पूर्वाञ्चल तेस्रो स्थानमा रह्यो।
बिहीबार भएको खेलमा टिमपुम्से विधातर्फ आर्मीले स्वर्ण, मध्यमाञ्चलले रजत तथा एपीएफ र पूर्वाञ्चलले कास्य हासिल गरे। एकल पुम्सेतर्फ सुदूरपश्चिमाञ्चलकी रीता श्रेष्ठले स्र्वण, सुदुरपश्चिमाञ्चलकी निता गुरुङ रजत तथा मध्यमाञ्चलकी नमिता मोक्तान र भारतकी मुक्ता गुप्ताले कास्य जितेका थिए।

सिनियर फाइटतर्फको ६७ केजी तौल समूहमा आर्मीकी नम्रता तुलाधरले स्वर्ण, मध्यपश्चिमाञ्चलकी कमला नेपालीले रजत तथा सुदूरपश्चिमकी आकृती कार्की र पश्चिमाञ्चलकी ममता गर्बुजाले कास्य पदक जिते। ६२ केजी तौल समूहमा पूर्वाञ्चलकी सन्ध्या सिहंले स्वर्ण, आर्मीकी मुस्कान कार्की रजत तथा मध्यपश्चिमाञ्चकली मिना पुन र पश्चिमाञ्चलकी अनिसा केसीले कास्य जितिन्। ५७ केजी तौल समूहमा आर्मीकी रेश्मा थापाले स्वर्ण, पूर्वाञ्चलकी सिना मादेन रजत तथा मध्यमाञ्चलकी अस्मिता पुन र भारतकी आक्रिन मदेरले कास्य हात पारे।

त्यस्तै ५३ केजी तौल समूहमा भारतकी सिवानी ठाकुरले स्वर्ण, नेपालकी कल्पना चौधरीले रजत पदक हात पारिन्। पूर्वाञ्चलकी सुनीता तामाङ र सुदुरपश्चिमाञ्चलकी पार्वती भण्डारीले कास्य पदक पाए। ४४ केजी तौल समूहमा आर्मीकी योगमाया श्रेष्ठले स्वर्ण, पूर्वाञ्चलकी सुसीला बुढाथोकी रजत, तथा मध्यमाञ्चलकी बीना गुरुङ र सुदूरपश्चिमाञ्चलकी चन्दा घर्तीमगरले कास्य जिते।४२ केजीमा एपिएफकी दक्षिणा ठकुरीले स्वर्ण, आर्मीकी सिना श्रेष्ठ रजत तथा पश्चिमाञ्चलकी पूजा तुराहा र मध्यमाञ्चलकी नमूना श्रेष्ठले कास्य जितिन्।
नेपाल तेक्वान्दो सङ्घको महिला सशक्तिकरण समितिको आयोजनामा गरेको दुई दिने उक्त प्रतियोगितामा भारत कोरिया र नेपालका तीन विभागीय टोलीसहित पाँच विकास क्षेत्रका महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्