नेपालको स्थानमा सुधार भएन



काठमाडौं, (नेस)
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ विश्व वरियतामा नेपालको वरियता खस्केको छ। बिहीबार सार्वजनिक भएको फिफा वरियतामा नेपाल १ सय ७०औं स्थानमा रहेको छ। गत महिना फिलिपिन्ससँग ४–१ ले हार्नु नै यस महिना नेपालले वरियतामा सुधार गर्न सकेन। नेपाललाई भुटानले समेत पछि पारेको छ। भुटान १३ स्थान छलाङ लगाएर १ सय ६४औं स्थानमा उक्लियो। जबकी भुटान एसियन कप छनोटमा ओमानसँग १४–० को भारि गोलअन्तरले हारेको थियो।

त्यस्तै दक्षिण एसियाली राष्ट्रमा भारतले १ सय १औं स्थान हासिल गर्यो। भारतले ३१ स्थानको ठूलै छलाङ लगाएको छ।अफगानिस्तान १ सय ५३औं स्थानमा छ भने बंगलादेश १ सय ९३ औं र श्रीलंका १ सय ९७औं स्थानमा रहेका छन्। तर दक्षिण एसियाली राष्ट्रमा सबैभन्दापछि परेको छ पाकिस्तान। पाकिस्तान २ सय १औं स्थानमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्